नेकपा एमाले (समाजवादी), नेपाल समूहको पार्टीको नाम

काठमाडौं, भदौ २ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) तय गरेको छ ।

नयाँ पार्टीका लागि आधा दर्जन नाममा छलफल गरिरहेको उक्त समूहले एमाले (समाजवादी) नाम टुंगो लगाएको नेता मेटमणि चौधरीले जानकारी दिए ।

उक्त समूह बुधबार नै नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाने तयारीमा छ ।