नेपाल आइडलसँग जोडिन पाउँदा नयाँ निर्णायकहरु मख्ख

काठमाडौं । साँगितिक रियालीटी शो नेपाल आइडलको चौथो सिजनको चहलपहल सुरु भइसकेको छ ।

भदौ ३ बाट लिइएको डिजिटल अडिशन पुरा भएको छ । देश बिदेशमा रहेका १६ देखि ३० वर्ष उमेर समूहका नेपाली सहभागी हुन पाउने डिजिटल अडिसनबाट उत्कृष्ट प्रतिभा छानिनेछन् ।

अडिसनकै क्रममा यतिबेला नेपाल आइडलका नयाँ निर्णायक (जज)को बेग्लै रौनक छ ।

नयाँ निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन् । अघिल्ला सिजनहरुमा इन्दिरा जोशी, न्यूहू बज्रचार्य र कालिप्रसाद बाँसकोटा निर्णायक थिए । पुराना निर्णायक ‘नेपाल आइडल लिटिल च्यालेन्ज’मा सरुवा भएका छन् ।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक बाँस्कोटाले नेपाल आइडलमा आउने सपना पुरा भएकोमा खुशी व्यक्त गरे ।

गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।

नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टीकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि छिन् ।