संकटहरुको पिरामिडको टुप्पोमा ‘जलवायु परिवर्तन’

स्कटल्याण्डको ग्लास्गोमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्था’bout नेपाल वातावरण पत्रकार समुह (नेफेज)ले मंगलबार मुलुकका प्रमुख संचारमाध्यमका सम्पादकहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा मुलुकका प्रमुख छापा माध्यम, अनलाईन र टेलिभिजनका गरी करिब २० जना सम्पादकहरु सहभागी थिए ।

कार्यक्रममा नेपाली टाइम्सका प्रधान सम्पादक कुन्द दिक्षित, वातावरणवीद भुषण तुलाधर र वन तथा वातावरण मन्त्रालय अन्र्तगतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा. राधा वाग्ले प्लानलिष्टमा हुनुहुन्थ्यो । नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष कसमस विश्वकर्माले कार्यक्रममा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्यानलिष्ट भुषण तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला बर्षहरुमा ठूलठूला घटनाहरु भइरहेको र यी घटनाहरुलाई सम्बोधन गर्न ढिलो भइसकेको बताउनुभयो । जलवायु परिवर्तनले आमनागरिकको जीवन संकटमा पर्दै गएको र यो मुद्दालाई संचारमाध्यमहरुले अझ प्रभावकारी रुपमा उठाउनुपर्ने सुझाव उहाँको छ । तुलाधरले अन्तराष्ट्रिय सभा सम्मेलनमा सहभागी भएर आफ्ना मुद्दाहरु प्रभावकारी रुपमा राखेपनि जलवायु परिवर्तनबाट आमनागरिकलाई सुरक्षित राख्ने हो भने कामको सुरुवात नेपालबाटै गर्नुपर्ने बताउनुभयो । ‘नीतिहरु राम्रा राम्रा बनेका छन । तर कार्यान्वयनमा सधै समस्या छ । कतिपय नीति सरकार आफैले पनि उलंघन गरिरहेको छ, उहाँले उदाहरण दिदै भन्नुभयो ।

अर्का प्यानलिष्ट कुन्द दिक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आम नागरिकको जन–जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको बताउनुभयो । जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानविय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले संचार माध्यमहरुले यी बिषयलाई अझै प्रभावकारी रुपमा उठाउनुपर्ने कुरामा जोड दिनुभयो ।

मानविय स्वास्थ्य र सर्वसाधारणको बाँच्ने उमेर समेत घटिरहेको अवस्था छ । अर्कोतिर देशको अर्थतन्त्र वातावरण प्रदुषण गर्ने प्रज्वलनसिल इन्धनको आयतमा खर्च भइरहेको छ । हाम्रो जस्तो मुलुकको लागि यो एउटा ठूलो संकट हो’, दिक्षितले भन्नुभयो ।

उहाँले यो मुद्दा आम नागरिकको जन–जीविका र जीवनसँग जोडिएकाले यसलाई आमसंचार माध्यमले राजनीतिक मुद्दाका रुपमा उठाउनुपर्ने बताउनुभयो र्। अहिले देशमा भएका संकटहरुको पिरामिडको टुप्पोमा जलवायु परिवर्तन छ‘, दिक्षितले भन्नुभयो, समाजमा विद्यमान हरेक समस्याहरु कहि न कहि र कतै न कतैबाट यो मुद्दासँग जोडिएका छन । त्यसैले समाजका विद्यमान समस्याहरु र समाधानका उपायहरु खोतल्ने हो भने जलवायु परिवर्तनबाट सिर्जित समस्याहरु पनि सम्बोधन हुन्छन ।’ संचार माध्यमहरुले यो मुद्दालाई पर्याप्त रुपमा नउठाएको उहाँको जिकिर थियो । ‘सामाजिक मुद्दाहरु र सफलताका कथाहरुप्रति आमपाठकको रुची बढदै गइरहेको छ । त्यसैले तपाईहरुले अत्यधिक रुपमा सम्प्रेषण गर्ने

राजनीतिक कार्यक्रम र समाचारहरुप्रतिको रुची’bout आम पाठकको राय कस्तो छ बुझनुपर्ने बेला भइसकेको छ, दिक्षितले भन्नुभयो ।

अर्की प्यानलिष्ट डा. राधा वाग्लेले यस पटकको पक्ष राष्ट्रहरुको सम्मेलनमा नेपालले प्रभावकारी उपस्थित जनाउने गरी तयारी गरिरहेको जानकारी दिनुभयो । ‘हामीले त्यहाँ उठाउने बिषयहरु’bout राष्ट्रिय धारणा बनाउन १० वटा थिमेटिक कमिटी बनाएका छौं । कमिटीले आ–आफ्नो सुझाव दिएपछि त्यसको आधारमा राष्ट्रिय दस्तावेज तयार गरेर हामी सम्मेलनमा भाग लिन जान्र्छौं’, उहाँले भन्नुभयो । डा. वाग्लेले हाम्रा हिमालहरुमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसले आम नागरिकको तहमा निम्त्याइरहेको र संभावित संकटलाई प्रमुख मुद्दाका रुपमा उठाउने जानकारी दिनुभयो । सरकारले प्रज्वलनसिल इन्धनको खपत घटाउदै लैजाने, अनुकुलन र नियमनका कार्यक्रम बढाउदै लैजाने रणनीति अंगिकार गरेको जानकारी दिनुभयो ।

डा. वाग्लेले यो मुद्दा आम नागरिकको जीवनसँग जोडिएको र राजनीति पनि आम नागरिककै लागि गरिने भएकाले त्यही अनुरुप बिषयवस्तु उठान गर्न सम्पादकहरुलाई आग्रह गर्नुभयो । ‘जसरी तपाईहरुले राजनीतिक बिषयवस्तुहरु’bout कार्यक्रम प्रकाशन र प्रसारण गर्नुहुन्छ र नेताहरुसँग बहस गर्नुहुन्छ । त्यसैगरी यस मुद्दासँग जोडिएका बिषयवस्तुमा पनि नेताहरुसँग त्यसैगरी बहस गरिदिनु पर्यो । राजनीतिक तहलाई पनि झकझकाइदिनु पर्यो, उहाँको आग्रह थियो ।

कार्यक्रममा जलवायु परिवर्तन महाशाखाका उपसचिव डा. अरुणप्रकाश भट्टले जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधन गर्न नेपालले अनुकुलन र नियमनका क्षेत्रमा धेरै राम्रा कामहरु गरेको उल्लेख गर्नुभयो । उहाँले यस मुद्दालाई सम्बोधन गर्न अहिलेसम्म आवश्यक रणनीति, नीतिहरु बनाइसकिएको जानकारी दिनुभयो ।

प्लानलिष्टहरुले व्यक्त गरेका बिषयवस्तु’bout सहभागी अधिकांस सम्पादकहरुले आ–आफ्ना जिज्ञासा राख्नुभएको थियो । र, सुझावहरु पनि दिनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै नेफेजका अध्यक्ष विश्वकर्माले वातावरण र जलवायु परिवर्तनका मुद्दा राजनीतिक मुद्दा नै भएको र वातावरण संरक्षणलाई ध्यान नदिई गरिने विकास आयोजनाहरुले क्षति मात्रै पुर्याउने भएकाले योजना बनाउदाखेरी नै ध्यान पुर्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा कान्तिपुर टेलिभिजन, द् काठमाडौ पोष्ट, सेतोपाटी, देशसञ्चार, बाह्रखरी, नागरिक दैनिक, अन्नपूर्ण दैनिक, द हिमालय टाइम्स, गोरखापत्र, नेपाल टेलिभिजन, हिमालयन टेलिभिजन, एपी वन टेलिभिजन, नेपाली टाइम्स, नेपालखबर, दृश्यटीभीलगायतका प्रधान सम्पादक तथा सम्पादकहरुको उपस्थिती थियो ।

यो कार्यक्रम नेपाल सरकार, वन तथा वतावरण मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र पोलिसी एण्ड इन्सिच्यूसन फ्यासिलिटी (पिफ)को सहयोगमा नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको हो ।