कलाकार मनोज गजुरेलले गरे, अधिकृत मन्जुसँग विवाह


काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन्।
सोमबार सामाजिक संजालमार्फत विवाह गरेको जानकारी दिदै उनले नव दुलहीसँगको तस्वीरसमेत सार्वजनिक गरेका छन् ।

चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका गजुरेलले आफ्ना छोराछोरीको भविश्यको ’boutमा संबेदनशील भएर दोश्रो विवाह गरेको दावी गरेका छन्।

’मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको ’boutमा संवेदनशिल हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबु नानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेल मेरो चिनजान हुनपुगेको, बिस्तारै घनिष्टता बढेको भन्दै गजुरेलले लेखेका छन्, ‘एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवमा परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन् । विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएका थिए ।

’सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेका छौँ,’ उनले लेखेका छन्, ’परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।’

के भन्छीन् मीना ?
मनोजकी पूर्व पत्नी मिना ढकालले भने यस’boutमा हालसम्म सोझै कुनै प्रतिक्रिया दिएकी छैनन् ।
यूटयूब भाइरल पात्र मुकुन्द घिमिरे (मुकुन्दे)ले सामाजिक संजालमा गजुरेलको विवाहलाई संकेत गर्दै लेखेको स्टाटस भने मीनाले शेयर गरेकी छिन् ।

मुकुन्देले लेखेका छन्, ‘उत्ताउलो कानूनले के गर्यो, अर्कीको लोग्नेले अर्काकी स्वास्नीलाई विहे गर्यो ।’
यसलाई शेयर गर्दै मीनाले लेखेकी छन्, ‘त्यही त नी, के नै ठूलो र नौलो काम गर्या हो र ?’