सरकारले साफमा उपविजेता बनेका नेपाली खेलाडीलाई ५/५ लाख दिने

काठमाडौं, कात्तिक १ : सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका खेलाडीलाई पाँचपाँच लाख रूपैयाँ दिने भएको छ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले प्रत्येक खेलाडीलाई ५र५ लाख र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप ३र३ लाख रूपैयाँ दिने निर्णय गरेको हो।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खेलाडी र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप सो रकम दिने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिए।

मन्त्रिपरिषद बैठकले मोहम्मद जयन्तीका अवसरमा भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

बैठकले  आबुधाबीमा हुन लागेको छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए।

बैठकले मन्त्रालयहरूमा स्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिनुका साथै लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ।