पछिल्लो २४ घण्टामा तरहरा र कन्याममा ४ सय मिलिमिटरभन्दा बढी वर्षा

काठमाडौं, कात्तिक ३ : पछिल्लो २४ घण्टामा सुनसरीको तरहरा र इलामको कन्याममा अत्यधिक वर्षा भएको छ।

राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तरहरा र कन्याममा धेरै वर्षा भएको जनाएको छ। प्राधिकरणका अनुसार दुवै ठाउँमा चार सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

आगामि २४ घण्टामा प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको प्राधिरकणले जनाएको छ। प्राधिकरणका अनुसार प्रदेश १ मा बाढी र पहिरोको जोखिम उच्च रहेको छ।

भारी वर्षा हुने भएकाले सम्भाव्य जोखिमलाई ध्यानमा राखेर प्रदेश १ का सबै सुरक्षा निकायलाई अलर्ट राखिएको छ। त्यस्तै, स्थानीय सरकार र संघसंस्थालाई पनि अलर्ट रहन सूचित गरिएको प्राधिरकणले जनाएको छ।

मनसुन बाहिरिएको भए पनि चार दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण बाढी र पहिरो जाँदा धनजनको क्षति भएको छ।