‘वेदविना विज्ञान अधुरो’ भन्ने शंकराचार्य निश्चलानन्दले भैरहवामा धर्मसभा संवोधन गर्ने


भैरहवा । नेपाल र भारतवीच वैदीक सनातन धर्म र संस्कृतिको लामो सामिप्यताको अदभूत संगम हुँदैछ । आइतबार भैरहवामा नेपाल र भारतका धर्म गुरुहरु, आध्यात्मिक चिन्तक र सतसंगप्रेमी भेला हुँदैछन् ।

भैरहवाको महेन्द्र शभा गृहमा आयोजना हुने विराट धर्मशमालाई भारतको गोवर्धन मठका मठाधिश शँकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले संबोधन गर्दैछन् ।

वैदीक गणितका प्रकाण्ड विद्वान स्वामी निश्चलानन्दले भारतको सूचना प्रविधि, अन्तरीक्ष निकाय इसरोलगायतका वैज्ञानिकलाई वैदीक गणित’bout प्रवचन दिदै आएका छन् ।

‘आज हामी धेरै यन्त्र बनाइरहेका छौं । तर, सबैभन्दा शक्तिशाली यन्त्र त्यही हो, जसमा मेधा शक्ति, प्राण शक्ति र प्रज्ञा शक्ति हुन्छ । यस्तो यन्त्र आजसम्म मानिसले बनाउन सकेको छैन । जबसम्म विज्ञानसँग बेद जोडिदैन, तबसम्म विज्ञान अधुरै रहन्छ’, स्वामीले केही समयअघि इसरोका वैज्ञानिक सामु भनेका थिए ।

विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखकसमेत रहेका शँकराचार्यले वैदीक गणीतकै ’boutमा ११ वटा पुस्तक लेखेका छन् ।

शंकराचार्यले भारतको समसामयिक राजनीति, घटना र सन्दर्भमा पनि आफ्ना ओजपूर्ण मन्तब्य दिदै आएका छन् ।

‘आज कुनै पनि शासक यो दाबा गर्न सक्दैन कि उसको राज्यमो कुनै जडयाहा, जुवाडे र व्यभिचारी छैन भनेर । आजका नेता आफु अगाडिको दुइ कदम पनि देख्दैनन्, उनीहरु के नेतृत्व गर्लान् ? अरुको आलोचना मात्र गर्नेहरु नेता हुन सक्दैनन्’, हालै रायपुरस्थित सुदर्शन आश्रममा स्वामीले भनेका थिए ।

स्वामीका अनुसार नेता शब्द ‘नेत्र’बाट बनेको हो । जसले आँखाले हेरेर मार्ग प्रशस्त गर्नसक्छ, उही नेता हो । उनको मान्यता छ, नेताहरुकै कमजोरीका कारण धर्म परिवर्तन बढेको हो ।

यसरी हुँदैछ स्वागत
आइतबार एक बजे नेपाल–भारतको सिमानास्थित रुपन्देहीको ककरहवाबाट शंकराचार्यको स्वागत गरिनेछ । शँकराचार्यको स्वागत लुम्बिनी सास्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीसहित धर्मगुरुहरुले गर्नेछन् । भैरहवाको लुम्बिनी मार्गमा उनको भव्य स्वागत गरिनेछ ।

आइतबार स्वामीले भैरहवा, गल्लामण्डिस्थित कृष्णप्रसाद शर्माको निवासमा रात्री विश्राम गर्नेछन् ।

सोमवार बिहानको नित्यकर्मपछि १० बजे गल्लाममण्डिस्थित रामजानकी मन्दिरबाट निश्चलानन्द स्वामीसहित बृहत शोभा यात्रा प्रारम्भ हुनेछ । शोभायात्रासहित धर्म गुरुहरु महेन्द्र शभा गृहस्थित धर्म शभागृहमा प्रवेश गर्नेछन् । धर्मशभामा शंकराचार्यको अभिनन्दनपछि उनले संबोधन गर्ने कार्यक्रम छ ।

धर्म गुरुहरुको कुम्भ
धर्मसभा मूल आयोजक समितीका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माका अनुसार सभामा स्वामी श्रीनिश्चलानन्दसहित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका डा.रमणानन्द गिरी, डा. चिन्तामणी योगी, डा. गुरुप्रसाद सुवेदी, नेपाल बैष्णव परिषदका अध्यक्ष स्वामी देवराज आचार्य, स्वामी विवेकानन्द, स्वामी रघुनन्दन गिरी, स्वमी कमलनयनाचार्य, स्वामी स्वरुपानन्द सरस्वती, स्वामी दामोदरानन्द सरस्वती, स्वामी लोकानन्दजी, डा. लेखनाथ आचार्य, स्वामी निशेषनन्द , श्रीत महाराज, स्वामी निग्मानन्दहरुको सहभागीता हुनेछ ।

यसैगरी सभामा स्वामी लोमस गिरी, डा. रबिन्द्र , राघबेन्द्र महाराज, दामोदर बाबा, धर्मपाल , योगी सोमराज, सन्त दिनदयाल, डा. गुरुप्रसाद, चैतन्य, शंकर पान्डे, जनकपुरी महाराज, बालयोगी जी, डा. रामचन्द्र, दीपक प्रकाश, शंकर खराल, डा. भोलानाथ योगी, सन्तोष पटेल, बाबा योगिराज सहित देशभरका सनातन धर्मका प्रकान्ड विद्वानहरुको उपस्थिति रहनेछ ।

हिन्दू धर्मका धर्माचार्य तथा धर्मगुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य नेपाल आएको सतसँगपूर्ण अवसरमा नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धित संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिस भैरहवा भेला हँुदैछन् ।

ब्यासाचार्य किशोर गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान ओमकार परिवारका सबैलाई सहभागि हुन अनुरोध समेत गरेका छन् ।

‘धर्मसभापश्चात कार्यपत्र समेत प्रस्तुत हुनेछ । कार्यपत्रमाथि गहन छलफल समेत हुनेछ’, डा. चिन्तामणी योगिले भने ।

शङ्कराचार्यको नेपाल बसाईलाई भब्य र सभ्य रुपमा सफल पार्न सम्पुर्ण तरिकाले चुस्त रुपमा तयारी गरिएको कार्यक्रमका सहसंयोजक समेत् रहेका सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । ।

ककरहवामा स्वागत, शोभायात्रा, धर्मसभा तथा सहभागीका लागि व्यवस्थीत ढंगले व्यवस्थापन गर्नेगरी यथेस्ट संख्यामा स्वयंसेवक परिचालन गरिएको स्वयंसेवक समितीका संयोजक शिब मल्लले बताए ।

स्वामी निश्चलानन्द.सरस्वतीलाई २०७५ बैशाख ३० मा नेपाल भ्रमणका क्रममा नेपाल सरकारले राजकीय सम्मानसहित काठमाडौंमा सम्मान गरेको थियो ।

हिन्दूका चार धामका सर्वश्रेष्ठ शङ्कराचार्यको रुपमा रहेका स्वामी निश्चलानन्दलाई भारतमा भारतीय प्रधानमन्त्री मोदिकै हाराहारीमा उच्च स्तरको सुरक्षा दिइएको छ । यस्तो सुविधा पाउने उनै नै एक मात्र धर्मगुरु हुन ।

गोर्वधन मठको महत्व
गोवर्धन मठ भारतको उडीशा राज्यको पुरी नगरमा अवस्थित छ, जुन आदि शंकराचार्यले इशापूर्व ५०७ मा स्थापित गरेका चार प्रमुख मठमध्ये एक हो । गोवर्धन मठका देवता जगन्नाथ ( भगवान विष्णु) र देवी विमला ( भैरवी) हुन् । भारतीय उपमहाद्विवका सम्पूर्ण पूर्वी भागलाई गोर्वधन पीठको क्षेत्र मानिन्छ । यसमा विहार, झारखण्ड, छत्तिसगढदेखि उत्तरप्रदेशसम्म पर्छन् । नेपाल, बंगलादेश र भूटान पनि यो मठको आध्यात्मिक क्षेत्र मानिन्छ ।

गोवर्धन मठका अघिल्ला मठाधिश स्वामी निरंजन देव तीर्थ हिन्दु धर्म, दर्शनको रक्षाका लागि धेरै योगदान दिएका थिए । भारतमा इन्दिरा गान्धीको शासनकाल गौ रक्षाका लागि उनी ७२ दिनसम्म अनसन बसेका थिए । सन् १९९२ मा स्वामी निरंजनदेव तीर्थले निश्चलानन्द सरस्वतीलाई आफ्नो उत्तराधिकारी घोषित गरे । जीवित रहँदा नै पदत्याग गर्ने उनी इतिहासमै प्रथम शंकराचार्य हुन् ।

हिन्दु धर्म, संस्कृति र दर्शनको रक्षा र जागरणमा स्वामी निश्चलानन्द सरस्वतीले आफ्ना अग्रजहरुको संस्कारलाई अझ मुखरीत गर्दै आएका छन् ।