बलिउड अभिनेता सुनिल सेट्टी नेपाली चलचित्रमा

काठमाडौं । बलिउडका चर्चित अभिनेता सुनिल सेट्टीलाई नेपाली चलचित्र ‘एक्स नाइन’मा अभिनयका लागि प्रस्ताव गरिको छ । 

‘एक्स नाइन’मा सेट्टीले अभिनय गर्ने मौखिम सहमतिसमेत भइसकेकोे निर्देशक मुकुन्द भट्टले बताएका छन् । 

सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’को कथावस्तु अभिनेता सेट्टीलाई पनि मन परेको निर्देशक  भट्टले फेसबुकमार्फत जानकारी दिएका छन् । 

निर्देशक भट्ट र निर्माता विरेन कुँँवरले मुम्बईमा सेट्टीसँग भेटेका थिए । भेटमा चलचित्र ‘एक्स नाइन’को कथावस्तु र सेट्टीको चरित्र’bout जानकारी गराइएको थियो । 

अभिनेता सुनील सेट्टीसँँगकोको भेटको तस्विर फेसबुकमा पोस्ट गर्दै निर्देशक भट्टले लेखेका छन्, ‘हाम्रो फिल्म ‘एक्स नाइन’ का लागि सुनिल सेट्टीसँँग राम्रो बैठक भयो । उहाँलाई मेरो अघिल्लो फिल्म र उहाँलाई सुनाएको ‘एक्स नाइन’ को चरित्र एकदमै मन परेको छ ।’ 

चलचित्र ‘एक्स नाइन’का निर्माता विरेन्द्र बहादुर कुँँवर, मुकुन्द भट्ट, राजिव तामाङ, चन्द्र पन्त, विदुर  घतानी र प्रदीप थापा हुन् । कार्यकारी निर्माता निर्मल कुमार मिश्र, विनय श्रेष्ठ, सालिनी पोड्डर छन् । 
एक्सनप्रधान यो चलचित्रका लागि कलाकारहरु व्यापक फिजिकल फिटनेसमा जुटेका छन् । चलचित्रमा अभिनेता सेट्टीले सकारात्मक पात्रको भूमिका निर्वाह गर्ने बताइएको छ । चाँडै नै कन्टयाक्ट पेपरमा सम्झौता हुने निर्देशक भट्टले बताए । साभार : www.drishyatv.com