क्रिकेट खेलाडीहरुको वर्गीकरण पारदर्शी र त्रुटीरहित बनाउन सिप्यानको माग

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने बताएको छ । सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार संयुक्त विज्ञप्ति जारी गरी खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा आपत्ति जनाएका हुन् ।

उनीहरुले भनेका छन्, ‘खेलाडीहरुले आफ्ना भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा ती मागहरुको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरु माथि नै गरिएका कारबाहीहरुले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।’ सिप्यानले क्रिकेट खेलाडीहरुको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत र त्रुटीरहित बनाउन मागसमेत गरेको छ ।

मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो । उनीहरुले वर्गीकरण’bout आफ्ना असन्तुष्टि सार्वजनिक गरेका थिए ।


साभार: drishyatv.com