१०,७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । नेपालमा थप १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८९६५८४ पुगेको छ । त्यस्तै ७६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१९५७५ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६३५ पुगेको छ । क्वारेन्टाइनमा १५४ जना छन् भने आइसोलेसनमा ६५३७४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

साभार: drishyatv.com