८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७५६७ पुगेको छ । त्यस्तै ३७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५९४६९ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९४८ पुगेको छ । क्वारेन्टाइनमा १०८ जना छन् भने आइसोलेसनमा ६,१५० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।