सावधान, थाहै नपाई ज्यान लिने रोग हो ब्लड प्रेसर

उच्च रक्तचापलाई ‘साइलेन्स किलर’ भनिन्छ, जसले थाहै नपाई शरीरका अंग र प्रणालीलाई सिथिल बनाउँदै लान्छ । उच्च रक्तचाप नियन्त्रण गरिएन भने यसले मुटु र मृगौलामा नराम्रो क्षति पुर्‍याउन सक्छ । त्यही कारण नियमित रक्तचाप बढ्न थालेपछि चिकित्सकहरुले औषधि सेवन गर्ने सल्लाह दिन्छन् । उच्च रक्तचापको औषधी सेवन गर्ने समाजमा कति छन्, कति ।

उच्च रक्तचाप नियन्त्रण गर्ने एउटा विधी हो, औषधि सेवन । तर, यो एकमात्र विकल्प होइन । औषधि सेवन नगरी पनि रक्तचापलाई काबुमा राख्न सकिन्छ, जसको लागि जीवनशैली परिवर्तन गर्नैपर्छ । अतः यहाँ केहि टिप्स दिइएको छ, कसरी औषधी सेवन नगरी उच्च रक्तचाप नियन्त्रण गर्ने ।

१. दैनिक ७ घण्टा सुत्नुहोस्

उच्च रक्तचापमा अनिन्द्रा ठूलो कारण बन्ने गरेको छ । एक अध्ययनबाट थाहा भएको छ कि, जो व्यक्ति ५ घण्टाभन्दा कम सुत्छन्, उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । अनिन्द्र वा पुग्दो निन्द्रा लिइएन भने तनाव पैदा हुन्छ, रक्तचाप बढ्छ । त्यसैले उच्च रक्तचापबाट छुटकारा पाउने एउटा विधी हो, मस्त सुन्ने । दिनको ७ घण्टा ।

२. नुन कम खानुहोस्

नुनले शरीरमा पानीमा धेरै पानी बनाउँछ । शरीरमा जब पानीको मात्रा बढी हुन्छ, यो उच्च रक्तचाप बढाउने काम गर्छ । जो व्यक्ति उच्च रक्तचापले ग्रसित छन् र नुन बढी सेवन गरिरहेका छन् भने उसमा हृदय रोगको संभावना बढी हुन्छ । यस्ता व्यक्तिले मासुजन्य परिकार पनि नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ, ’cause त्यसमा नुन बढी हुन्छ ।

३. हरेक हप्ता १५० मिनेट व्यायाम

त्यसो त वर्कआउटले धेरैजसो रोग निर्मूल गर्छ । अझ उच्च रक्तचापमा यो बढी नै जरुरी छ । उच्च रक्तचापबाट टाढा रहनका लागि हरेक हप्ता कम्तिमा १५० मिनेट वर्कआउटमा खर्च गर्नुपर्छ । नियमित एरोबिकले तपाईको रक्तचाप सामन्य बनाउन सहयोग गर्छ ।

४. नियमित १० मिनेट ध्यान

तनावले मानव शरीरमा एड्रेलिन नामको एक हर्मोन निकाल्छ, जसले मुटुको धड्ेकन र रक्तचाप बढाउँछ । त्यसैले तनाव पनि रक्तचाप बढाउने कारण हो । तनावबाट छुटकारा पाउनु भनेको रक्तचापबाट मुक्त हुनुपनि हो । ध्यानले तनाव हट्छ । अध्ययनमा पाइएको छ कि, केवल १० मिनेट ध्यान गर्दा रक्तचापको समस्या हट्छ ।

५. सब्जी र फल खानुहोस्

अध्ययनहरुमा के पाइएको छ भने, तपाईको थालमा जति धेरै सब्जी र फल हुन्छ उत्तिनै बढी रक्तचाप हुने समस्या कम हुन्छ । उच्च रक्तचापका रोगीले फलफूल सेवन गर्नु एकदमै लाभदायक मानिन्छ । यसले तपाईको रक्तचाप सामन्य राख्न मद्दत गर्छ । यसले शरीरमा पोटासियम र भिटामिन जस्तो तत्व कमी हुन दिदैन ।

६. तौल नियन्त्रण गरौ

रक्तचाप नियन्त्रणमा राख्नका लागि तपाईले आफ्नो तौललाई पनि नियन्त्रणमा राख्नुपर्छ । जति जति तपाईको तौल बढ्छ, उत्तिनै मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ । यसको सोझो नतिजा रक्तचापको रुपमा देखापर्छ । आफ्नो उचाई अनुसार सहि तौल हुनुपर्छ ।साभार: drishyatv.com