कोभिड विरुद्धको तेस्रो डोज खोप लगाएकामा मृत्युदर कम

कोभिड विरुद्ध लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको जनाइएको छ । हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो ।

हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो । यहाँ लगाइएका सिनोभ्याक र अर्काे एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो ।

साथै यो खोप लगाएका नागरिकमा गरिएको अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो । कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो ।