१८ जनामा कोरोना सङ्क्रमण, २७१ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २७१ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा १९६० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।