उदयपुरमा विद्यालय जाँदै गरेकी किशोरीको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको हत्या भएको छ । बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।

किशोरीको मंगलबार बिहान १० बजेतिर घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरेको अवस्थामा शव बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले घटना’bout अनुसन्धान सुरु भएको जानकारी दिए । किशोरीको टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।