बुचा सहरमा रुसीहरूले नगरेको कुनै अपराध छैन : युक्रेनी राष्ट्रपति

काठमाडौं– सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताएका छन्। जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन्।

उनले रुसी सेनाले सर्वसाधारणको हत्या र महिलालाई बलात्कार गरेको आरोप लगाए। जालेस्कीको बयान बुचा शहरबाट आएको रिपोर्ट पछि आएको हो। बुचामा युक्रेनी नागरिकको शव फेला परेको छ। जेलेस्कीले रुसले नरसंहार गरेको आरोप लगाएका छन्।

अनुवादकको सहयोगमा सुरक्षा परिषद्लाई सम्बोधन गर्दै उनले भने, ‘बुचा सहरमा रुसीहरूले नगरेको कुनै अपराध छैन।’ उनले मानिसहरुलाई सडकमा गोली हानेको, उनीहरुको घरलाई रुसी सैनिकहरुले रमाइलोका लागि निशाना बनाएको दाबी गरेका छन्। उनीहरुलाई सडकमा रहेको ट्याङ्कीले किचेर कुवामा फालिदिएको पनि उनले आरोप लगाएका छन्।

जेलेस्कीले रुसले जे गरिरहेको छ त्यो इस्लामिक स्टेट जस्तो आतंकवादी संगठनको जस्तो कार्य भएको बताए। उनले राष्ट्रपति  भ्लादिमिर पुटिन आफ्नो घृणा अन्य देशहरूमा फैलाउन खझविरहेको उनी बताए।

‘सुरक्षा परिषद्ले दिनु पर्ने सुरक्षा कहाँ छ? त्यो शान्ति कहाँ छ? संयुक्त राष्ट्र संघद्वारा ग्यारेन्टी गर,’ उनले भने। तर, सुरक्षा परिषद्मा युक्रेनका राष्ट्रपतिको आरोपको जवाफ दिँदै रुसका प्रतिनिधिले जेलेस्कीको आरोपलाई अस्वीकार गरेका छन्।