पूर्वी युक्रेनमा रुसी सेनाको त्रास, खार्किभ, लुहान्स्क र दोनेत्स्कका बासिन्दालाई सो क्षेत्र खाली गर्न अनुरोध

काठमाडौं– युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले पूर्वी युक्रेनका तीन सहरका बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छन्। 

रुसी सेनाले हमला तीव्र पार्ने त्रासबीच उनले खार्किभ, लुहान्स्क र दोनेत्स्कका बासिन्दालाई सो क्षेत्र खाली गर्न अनुरोध गरेकी हुन्। ‘यो अहिले नै गर्नुपर्छ। ’cause पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उनले भनिन्।

सरकारको अनुरोधपछि ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन्। रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वी युक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो। 

रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजना बनाइरहेको बताइन्छ। यसैबीच, अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीलाई पनि प्रतिबन्धको दायरामा ल्याएको छ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई राष्ट्रपति पुटिनका ‘दुई वयस्क बालबालिका’ भनिएको छ।

विज्ञप्तिमा नाम नआएपनि यसअघि नै जारी गरिएको रिपोर्टमा उनीहरु मारिया भोरोन्टोभा र काटेरिना तिखोनोभा रहेको बताइएको छ। यी पुटिनकी पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका छोरीहरु हुन्।

पुटिनले आफ्नो परिवारको ’boutमा जानकारी सधैं गोप्य राख्छन्। तर, उनले आफ्ना छोरीहरु रहेको र उनीहरुप्रति गर्व रहेको बताउँदै आएका छन्। उनले आफ्नो पहिचानलाई लिएर उठ्ने प्रश्नलाई सधैं बेवास्ता गरेका छन्।

भोरोन्टोभाको जन्म १९८५ मा भएको थियो। उनी एन्डोक्रिनोलोजिस्ट र मेडिकल कम्पनीको मालिकनी हुन्।

यता, तिखोनोभाको जन्म १९८६ भएको थियो। उनी शिक्षा र व्यापार जगतसँग जोडिएका छन्। उनी प्रतिभाशाली डान्सर पनि हुन्। उनी अन्तर्राष्ट्रिय रक एन्ड रोल प्रतियोगितामा सहभागी भइरहेकी छन्।

एक विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ,‘यी मानिसहरूले रुसका आम जनताको खर्चमा आफूलाई समृद्ध बनाएका छन्।’