जाममा

ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । जाम हुने सम्भावनालाई ध्यानमा राखेर अलि छिटो हिंड्डा पनि जाममा परिहालियो । अब पर्खनु बाहेक अर्को उपाय छैन । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरुको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो न फर्कने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौं लाग्ने भयो । उसलाई चिन्ता लाग्यो । यसैबेला उसको मोबाइल बज्यो ।

– हेलो, म डेभिड बर्नर ।, उताबाट आवाज आयो ।

उसले चिन्यो डा. डेभिड बर्नरलाई । विदेशमा सँगै डाक्टरी पढेको अत्यन्त मिल्ने साथी । ’emले उत्कृष्ट अँक ल्याएर डाक्टरी पास गरेका थिए । ऊ आफ्नो मुलुक सम्झेर फक्र्यो ।

– हेलो, मि. बर्नर के छ हालखबर । अहिले के गर्दैछौ ?
– यार काममा धेरै जोतियो, कमाइयो पनि । अब यसो अन्तरीक्षतिर घुम्न जाऊँ कि भनेर सोच्दैछु । सोच्दैछु के म त तयारी पनि गर्दैछु । मित्र, तिमीले पनि यहीं बसेर काम गरेको भए आज हामीसँगै अन्तरीक्षमा घुम्न जान हुन्थ्यो । अनि भन तिमी के गर्दैछौ ? के छ तिम्रो भावी योजना ?
– म…, ऊ एकछिन अकमकियो ।

अन्तरीक्षमा घुम्न जान लागेको साथीला
ई के भन्ने ! यार म त यहाँ घण्टौंदेखि जाममा फँसिरहेको छु भन्ने ! म त बन्दको मारमा छु भन्ने ! अथवा म त यसरी नै बर्षाैंदेखि द्धन्द्धले पिल्सिरहेको छु भन्ने !

– मेरो शुभकामना छ , तिम्रो यात्रा सुखद होस् मित्र बर्नर, उसले यति भनेर मोबाइलको स्वीच थिच्यो र जाम कतिखेर खुल्ला भन्ने सोच्दै आफ्नो सेकेण्ड हाय्ण्ड गाडीको स्टियरिङ्गमा हात राखेर पर्खन थाल्यो ।