आयात

उसकहाँ नून मात्र बाहिरबाट ल्याइन्थ्यो । अरु सबै आफ्नै बारी र खेतबाट आउँथ्यो । मजै थियो ।


यसपालि बारीमा तोरी फलेन । त्यसैले नूनसंगै तेल पनि मगाउन शुरु ग¥यो ।
सजिलै भयो ।

खेतमा घरहरु उम्रन थालेपछि तरकारी र अन्नपात पनि बाहिरैबाट ल्याउन थालियो । मरमसला पनि विदेशकै स्वादिष्ट लाग्न थाल्यो ।
नयाँ स्वाद पाइयो ।

बन्द र हड्तालले गर्दा छोरी यहाँको शिक्षा काम लाग्दैन भन्दै विदेश पढ्न गई । धेरै पैसा आउँछ भन्दै छोरो पनि पैसा कमाउन विदेश हिंड्यो ।
छरछिमेकका अगाढि नाक ठूलो भयो ।
पैसा पनि अब विदेशबाटै आउन थाल्यो ।

विदेशबाट पैसा आउन थालेपछि उसलाई घरबुन्ना कपडाको लुगाफाटा मन पर्न छोड्यो । विदेशी बजारमा चलेको नयाँ नयाँ फेशनले लोभ्याउन थाल्यो । त्यही अनुरुपको लुगाफाटो पनि बाहिरैबाट मगाउन थालियो ।

नयाँ नयाँ बुट्टाका गरगहना र सुविधाका सरसामान पनि बाहिरबाटै आउन थाल्यो । घर बनाउन ज्यामी बाहिरबाटै बोलाइयो ।

सबै सरसामान बजारमै तयारी पाइन थालेपछि उसले कुनै दुःख गर्नुपरेन । सजिलो भयो ।
ऽ० ऽ०
सबै सुविधा उपलब्ध भएपछि उसलाई हाइसञ्चो भयो ।
एकदिन उसलाई विचारको खडेरी प¥यो ।

सबथोक त बाहिरबाट ल्याएर काम चलाइएको थियो भने विचार मात्र बाहिरबाट ल्याउन नहुने किन ? उसले यस्तै सोच्यो र विचार पनि बाहिरबाटै मगायो ।
अब उसले केही सोच्नै परेन ।
००