बहस

’emले हेर्दाहेर्दै सामानको पोको बोकेर चोर भाग्यो ।

’em चोरलाई लखेट्दै बाटोमा आइपुगे । आफूलाई लखेट्दै आइरहेकोले चोर न्वारानदेखिको बल निकालेर भाग्न थाल्यो । चोर बेतोडसित भागिरहेको देखेर ’em चोरलाई समात्न सकिने हो कि होइन भनेर एकछिन चिन्तित भए ।

ए, चोर भाग्यो ! समात् , समात् ! , ’emमध्ये एकजनाले बाटोमा हिंडिरहेकाहरुसँग अत्तालिंदै सहयोग खोज्यो ।

बाटोमा दौडिरहेको मान्छे चोर नै होला भन्ने कुरा हिंडिरहेकालाई के थाहा हुनु ! थाहा पाउञ्जेल चोर कता पर पुगिसकेको हुनेछ ।

हामी तीन जना मात्र, अरु खै त ?, एउटाले सोध्यो ।

आउँदै होला नि । हैन, हामी तीन जनाले मात्र नपुग्ला र एउटा चोरलाई समात्न ? , अर्कोले भन्यो ।

पुग्न त पुग्ला, हामी पुग्नु अगावै चोर कुनै गल्लीभित्र स्वाट्ट पस्यो भने कहाँ खोज्ने ?, एउटाले आशंका ग¥यो ।

हामी तीन जना छौं एउटा एउटा गल्लीमा पसौंला ।, अर्कोले उपाय निकाल्यो ।

कुरा त ठीक हो । तर चोरसँग हतियार पनि त हुन्छ । त्यसबेला के गर्ने ?

यो कुराले ’em चोरलाई लखेट्न फेरि हच्किए ।

चोर भाग्दै थियो । ’em सोच्दै थिए ।

त्यसो भए के गर्ने त ?

हामीले मात्र लखेटेर चोरलाई समात्न सकिएला जस्तो छैन । अरु पनि आउँछन् कि ? एकछिन कुरौं ।

त्यतिञ्जेल चोर बेपत्ता भइसक्नेछ ।, एउटाले भन्यो ।

भए होस् , चोरलाई समात्ने हाम्रो मात्र जिम्मा हो र !, अर्कोले पन्छिने बाटो देखायो ।

चोरलाई लखेट्न जानु भन्दा बरु पुलिसलाई पो खबर गर्ने हो कि ?

पुलिसको कामै हो चोर समात्ने ।

उता चोर भाग्दै थियो ’emको मालताल बोकेर । यता चोरलाई लखेट्न जानेहरु आफूहरुको सङ्ख्या नपुगेको, एकछिन कुर्न पर्ने, चोरसित हतियार हुने भएकोले कसरी सावधान हुने, चोरलाई कसरी समात्ने, केले पाता कस्ने र चोरलाई समातेर पहिला पुलिसलाई बुझाउने कि पहिला आफैले मज्जासँग भकुर्ने आदि विषयमा बहस गर्दै थिए ।