लौरो

चुनावमा नेता स्मृतिबहादुर बहुमतले जिते ।

विजय जुलुसमा नेता स्मृतिबहादुरले जोडदार भाषण दिए – म यो गाउँ, जिल्लाका जनता र सहयोगीहरुलाई कहिल्यै बिर्सन्न । यो क्षेत्रमा सुख र समृद्धि ल्याउनेछु ।

सुनेर सबै प्रफुल्ल भए ।

त्यसपछि नेताजी राजधानीतर्फ लागे । उनलाई आफ्ना क्षेत्रका जनता र सहयोगीहरु जिल्लाको सिमानासम्म पु¥याउन आए । सिमानामा ठूलो खोला थियो ।

एउटा सहयोगीले नेताजीको लागि खोला तर्न सजिलो होस् भनेर लौरो ल्याइदियो । नेताजीले लौरो लिएर भने – यो खोलामा पुल छैन । म अर्को साल यहाँ पुल हालिदिन्छु ।

नेताजीले लौरो टेक्दै खोला तरे । खोला तरेपछि नेताजी लौरो त्यहीं छोडेर हिँडे ।
००