अभिभावकत्व

क्याम्पसको गेटनिर गाडी रोकिनासाथ झगडा शुरु भइहाल्यो । विद्यार्थीहरुले भाडामा सरकारले तोकेअनुरुप पूरा छुट नदिएको भन्दै गाडीमा हिर्काउन थालिहाले । एकैछिनमा विद्यार्थीहरुको भीड लागिहाल्यो । पछाडि आइरहेका गाडीमा समेत विद्यार्थीहरुले ढुङ्गा हानिहाले । एकैछिनमा चारपाँच वटा गाडीको शिसा फुटिहाल्यो ।

तमासा शुरु भइहाल्यो । एकले अर्कोलाई छेकेर बाटो अवरुद्ध भइहाल्यो । केवल तमासा हेर्ने मान्छेहरुको मेला लागिहाल्यो ।

अलि पर पुलिस थियो । विवाद र तोडफोडको आवाज त्यहाँसम्म पुगेको थियो । तर प्रहरीले त्यतातिर कुनै ध्यान दिएन । ट्राफिक प्रहरीले दुईचार पटक सिटी बजायो । उसको सिटीले गाडी गुड्न सकेन । अगाडि जाने ठाउँ भए पो गाडी गुड्नु ! पेटीमा बसिरहेका र बाटोमा हिंडिरहेकाहरु कसैले पनि अगाडि सरेर विद्यार्थीहरु र गाडीवालाहरुको विवादलाई मिलाउन चाहेनन् । ती कोही तमासे भएर हेर्न थाले भने कोही तर्केर छिटछिटो हिंड्न थाले ।

विद्यार्थीहरुको भीड बढ्न थालेपछि त्यहाँको स्थिति झन् तनावपूर्ण हुन थाल्यो । अब विद्यार्थीहरु झन उग्र भएर पछाडि आइरहेका गाडीहरु रोक्दै बाटो बन्द गराउन थाले । कुनाकाप्चाबाट छिर्न खोजेका बाइकहरुलाई समेत ’emले हात उजाउँदै आफ्नो तुजुक देखाउन थाले ।

ए, हान् हान् , एउटा सिकुटे विद्यार्थीले भन्यो ।

त्यो बाइकलाई रोक रोक । , अर्कोले आदेश दियो ।

भाडामा छुट नदिने गाडीमा आगो लगा । , अर्को एकजना झन जोशियो । साथमा बस्नेले सलाईको लागि शायद खल्तीमा छामछुम ग¥यो ।

ए पर्दैन पर्दैन , छोडदे । , त्यसमध्ये कसैले भन्यो ।

एकजनाले कतैबाट टायर खोजेर ल्याइसकेछ । यतिञ्जेलमा त्यहाँ प्रहरी देखापरिसकेको थियो ।

प्रहरीले विद्यार्थी र ड्राइवरखलासी बीचको विवाद र घम्साघम्सीलाई साम्य पार्न पहल थाल्यो ।

तनाव विस्तारै कम हुन थाल्यो । गाडीहरु गुड्न थाले । मान्छेहरु हिंड्न थाले ।

जहाँतहीँ र जहिले पनि झगडा मात्र हुने भो’, फर्कंदै गरेको एउटा तमासेले भन्यो ।

बेकारमा छःसात वटा गाडी तोडफोड भयो ।, अर्कोले पनि कुरा थप्यो ।

झण्डै्र गाडी जलाउन लागेको । तै बच्यो है ! भाग्यमानी रै’छ गाडीवाला । नत्र कहाँ बाँकी रहन्थ्यो ।, एउटा तमासेले भन्यो ।

प्रहरीहरु अलि चाँडै आइदिएको भए त्यति नोक्सानी पनि हुँदैनथ्यो । , एकजनाको तर्क आयो ।
घण्टौं जाम भएको , अनाहकमा विवाद भएको, बेकारमा गाडी तोडफोड भएको र बटुवाहरुलाई सास्ती भएको जस्ता कुरा छोडेर तमासेहरु गाडी नजलाइएकोमा बडो सन्तुष्ट हुँदै फर्कन थाले । अझ मुख्य कुरो त ती तमासेहरुले आँखासामु त्यत्रो दुर्घटना हुँदा समेत आफ्नो अभिभावकत्वको ’boutमा एक शब्द पनि उच्चारण गरेनन् । ती अरुहरुको विषयमा मात्र टिप्पणी गर्दै बाटो काट्न थाले ।