जनबाद र नैतिक शिक्षा पढाउन योग्य घनश्याम कि कमरेड मनाङे ?

सत्य प्रतिको आस्था, न्यायप्रतिको विश्वास  बचाइ राख्ने स्कुल बिभाग बनाउने कि न्यायको हत्यारा स्कुल जिवन्त बनाउने ? आफ्ना विगतका नीति र निर्णयहरुको क्षति र उपलब्धिको जिम्मेवारी बोक्ने पुस्ता तयार गर्ने कि ? ठेक्का , क्रसर, आदिमा गिद्दे नजर राख्ने युवा दस्ता तयार गर्ने ? जातीय विभेद अन्त्य गर्ने शैक्षिक र व्यवहारिक निति तर्जुमा गर्ने कि जातीय विभेद मागीखाने भाडाे ठगी खाने भाडाेकाे रूपमा कुनै न कुनै तवरले जीवित राख्ने ? जनवाद भनेको सामुहिक र संस्थागत ठगीमा प्रयोग हुने बैधानिक बर्को मात्रै हो कि ? सर्वजन हितायको मुल मन्त्र र सन्देश ?

पार्टी एकीकरणमा धेरै कुरा मिलीसक्यो अब मिल्न बाकी सिद्धान्त र निति हो । पार्टीको सिद्धान्त र नितिमा छलफल, बहस र विचार विमर्श भएको हुन्थ्यो र सो मुताबिक पार्टी एकीकृत भएको हुन्थ्यो भने पद मिलानमा यतिधेरै समय र माथापच्ची चल्ने थिएन । सिद्धान्त , मापदण्ड र विधिशास्त्रले स्थान पाउथ्यो भने आज ने कपा अर्कै र अझ भीमकाय भै सक्थ्यो । यसको प्रभाव र विस्तारले देश जुरुक्क जुरुक्क हुने र बन्ने स्थिति हो तर दुर्भाग्य उदासिन र निरास कार्यकर्ता बनाएर आज सम्म राख्न विवस छ नेकपा । पदिय भागबन्डा करिबकरिब समाप्त भए पनि अब स्कुल बिभाग र त्यसको हर्ताकर्ता बन्ने होडबाजीमा उपल्लो स्तरका नेता पुर्व प्रधानमन्त्री  पुर्व पार्टी अध्यक्ष झलनाथ खनाल सम्मको दावीले यो भिडन्त पनि रोमान्चक र पार्टी नेकपाको लागि पेचिलो मुद्दा र सबाल बन्दैछ ।

अझ धेरैलाई के भ्रम र विश्वास छ भने मिडिया मार्फत स्कुल बिभागलाई चर्काइयो , चर्चा दिलाइयो र यसको आकर्षण बढाउने काम भयो । नेताकार्यकर्तालाई  इखाउने र आ आफ्नो दाबी बाट पछि नहटने स्थितिका सिर्जना गरियो । स्कुल बिभाग प्रमुखको आकर्षण झण्डै पार्टी अध्यक्ष र महासचिवकै हाराहारीमा देखिनु सुखद संयोग नै हो । पार्टी स्कुल बिभागको आकर्षण दुई पार्टी एक हुनुको कारण पनि बढेको बुझ्न कठिन छैन । सैद्धान्तिक र नितिगत स्कुलको रुपैयाँ बुझिने भएकोले पुर्व माओवादी र पुर्व एमाले आ आफ्नो वर्चस्व कायम राख्न प्रतिस्पर्धामा उत्रेका हुन । मदन भण्डारीले सिर्जनात्मक प्रयोग भनेको जनताको बहुदलीय जनवाद र प्रचण्ड पथको २१औं सताब्दीको जनवाद आपसमा परस्पर टक्कर खाने कारण नै स्कुल बिभाग कस्ले लिने र कस्को भागमा पार्ने तिकडम मुलभुत सार तत्व हो । नेकपा बने पछि अर्थात एकीकरण पश्चात् पार्टीको सिद्धान्त के हुने भन्ने निचोड नभएको कारण नै दुवै पुर्व खेमा आ आफ्नो सिद्धान्त स्थापित गर्न स्कुल बिभाग सहज माध्यम र पुर्व शर्त बन्न सक्छ भन्नेमा ढुक्क छन ।

स्कुल बिभाग मार्फत हुने शिक्षण प्रशिक्षण मार्फत आ आ फ्नो सैद्धान्तिक मान्यता पार्टीमा स्थापना गर्न र पार्टी कार्यकर्तालाई  रिझाउन स्कुल बिभाग प्रमुख रोजाइ र प्रमुख मान्छेहरुको दावी भनेर बुझ्न सकिन्छ । पार्टी एकीकरण सिद्धान्तको आधारमा तथ्य  संगत अनुसार नभएको प्रमाण पनि हो स्कुल बिभाग आफ्नो पक्षमा पार्ने दावी र तयारी । अलमल दोधार र अन्यमनस्क तवरले सैद्धान्तिक भेदलाइ राखियो । पद बिभाजन भए पार्टी मिल्छ । सिद्धान्तको अल्झन निकाल्ने हो भने पार्टी एकीकरण हुन सक्तैन त्यसैले पहिले पार्टीकै एकीकरण भनेर सिद्धान्त मिलाउन चाहना राख्नेको मुख बन्द गरियो । सिद्धान्तको आधारमा पार्टी एकता भन्नेलाई कर्नरमा पारियो र एकता बिरोधिको संज्ञा भिराइयो अन्ततः सिद्धान्तको कुरा गर्नेहरू चुपचाप रहे परिणाम स्वरुप ईश्वर पोख्रेललाई पाखा पारेर विश्नु पौडेल एकीकृत पार्टीको महासचिव हत्याउन सफल बने । कम्युनिस्ट पार्टी भए पछि सिद्धान्त एकै छ यदि असमझदारी भए  पार्टी एकीकरण पछि आफसे आफ ठिक भएर जान्छ भन्ने मनोबैज्ञानिक आशा जगायो भने अर्को तिर पार्टी एकीकरणको पुर्व सन्ध्यामा सिद्धान्तको विवाद खडा गर्नु भनेको पार्टी एकीकरण नचाहिने बकबास हो भनेर भयको ,त्रासको मनोबैज्ञानिक डन्डा देखाउने काम भयो । त्यसैले सिद्धान्तको बिभाजन बहुमत सरकार , दुई तिहाईको सरकार बनाउने सपना पूरा गर्न गर्व मै तुहाइयो ।

बलजफ्ती गर्व पतन गराउनुको असर र कारण कलान्तार र समयक्रममा देखिने लक्षणको रूपमा अहिले मन्द मन्द हुँदै स्कुल बिभागमा आएर बुलन्द बनेको छ । स्कुल बिभाग दावी गर्ने नेताहरू सबै आ आफ्ना विशेषता सहित योग्य छ्न  । सबै चर्चित र कार्यकर्ता माझ लोकप्रिय र बौद्धिक छन, हार्दिक छन, अध्ययनशिल र मार्क्सवादी स्कुलमा खारिएका नेता हुन । झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ अनि घनश्याम भुसालको दावी आ आफ्नो योग्यता र क्षमताको आधारमा सही छ्न । यी चार अयोग्य कोही पनि छैनन् । दुई खेमाको आधारमा नारायणकाजी कोही भन्दा कम छैनन् । यद्यपि राजकिय पदाधिकारी भएर परिक्षित पात्र हुन घनश्याम बाहेक अरु पात्रहरु । प्रधानमन्त्री र उपप्रधानमन्त्रीको भुमिकामा आफ्नो दक्षता प्रदर्शन गरीसकेका नेता मध्य राजकीय पदमा परीक्षण हुन बाकी ब्यक्ति हुन घनश्याम भुसाल ।

नेकपा एमालेको तत्कालीन उपमहासचिव घनश्याम त्यो भन्दा माथि पुग्न नसकेका तर माथी उपल्लो राजनीतिक र राजकीय हैसियतमा पुग्ने क्षमता राख्ने मार्क्सवादी स्कुलका बिध्यार्थी र ब्याख्याताको रूपमा आम बुद्धिजीवी बिच परिचित छन । नेकपा स्कुल बिभागको महत्त्व र गरिमा यस कारण पनि बढी छ अहिले नेकपामा नैतिकता इमानदारीता र कर्तव्यपालना , सहयोगी भुमिका पहिलेको दाजो गर्न नसक्नेगरी खस्केको छ , स्खलित छ र्हासोन्मुख छ । यतिबेला नेकपा नैतिकता बिहिन हुनु भनेको देशले अरु कष्ट उठाउनु हो । नैतिक मूल्य र मान्यता बाट देश स्खलित हुनु हो ।

देश चलाउने पार्टी, तिनका नेताकार्यकर्ता अरु जिम्मेवार र कर्तव्यपरायण हुनु आवश्यक छ । जसको लागि नेकपा स्कुल बिभाग आफैमा नैतिक तागतयुक्त नेता र नेतृत्वको हातमा पुग्नु जरुरी छ । पार्टी नीति पालना गर्न नेताको आत्मानुसासन पनि आदर्शवादी र अनुकरणीय हुनुपर्छ । सार्वजनिक छवि ल्याकत र बौद्धिक सौन्दर्य आफैमा एक आकर्षण र मिठो ईर्ष्या लायक चिज हो । अहिले सबै पार्टी र नेताकार्यकर्तामा खटकिएको कुरा भनेकै नैतिकआचरणमा आएको असुद्द्ता र मिसावट हो ।

कम्युनिस्ट दर्शन चरीत्र र चिनारी भन्दा विल्कुल भिन्न रुप र स्वभाव अनि व्यबहार कम्युनिस्ट नेताकार्यकर्तामा आएको सैद्धान्तिक विचलन र निष्ठा अनि समर्पणको पलायन हो जुन नहुनु पर्थ्यो । हिजो एक जमना र समय थियो कम्युनिस्ट आचरण बोली र व्यबहारले चिनिन्थ्यो । कम्युनिस्ट हुनु भनेको अनुशासनमा रहन सरल, नम्र व्यबहार , मिठो बोली सहयोगी तर क्रान्तिकारी सुरता, उच्च नैतिक आचरण , कुनै नशा र दुर्व्यसन मुक्त खुल्ला र निस्कपट प्रवृतिको चिनारी बन्थ्यो ।  लवाइ ,खुवाइ ,बसाई, हिडाइ नै आकर्षक र लोभलाग्दो आदर्शवादी  ,देख्न्थ्यो । अध्य्ययनशिल र सदगुण युक्त परिचय समाजमा स्थापित हुन्थ्यो  ।  एयासी जीवन पद्धति फजुल खर्च र फजुल समय ब्यर्थ सम्झन्थ्यो । यतिबेला दोलखा नेकपा नेता बाबुकाजी कार्कीको भनाइ प्रासंगिक लागेको छ उनी भन्छन् ।”हिजाे कम्युनिष्ट पार्टीकाे सदस्य  परबाटै चिनिन्थ्याे।

अझ हात मिलाएर दुई शब्द कुरा गरेपछि कम्युनिष्ट पार्टीकाे कुनै न कुनै सङ्गठनमा काम गर्दै हुनुपर्छ भनेर सजिलै अनुमान गर्न सकिन्थ्याे। ऊ सरल, मिजासिलाे, नम्र,सहयाेगी भावना भएकाे, कहीं कसैलाई अप्ठ्यारो परेमा सकेकाे सहयाेग गर्न तदारूकता देखाउँथ्याे।बर्गबैरीका अगाडि उच्च शीर पार्थ्याे, अाँखा जुधाईदिन्थ्याे, कस्तै कठिनाईमा पनि सम्झाैता गर्दैनथ्याे। उसकाे शरीर,हाउभाउ र लुवाईखुवाईले एउटा आदर्शपूर्ण ब्यक्तित्व झल्कन्थ्याे र उसलाई गाउँघरका जनताले ढाेका थुनेर बैरीले नसुन्ने गरी जनताकाे मान्छे हाे याे, हाम्राे मु्क्तिकाे लागि लागेकाे रे याे भन्थे। ऐयासी जीवनलाइ घृणा गर्थ्याे, अाईस्याे गईस्याे जस्ता शब्दावली हामी जनताकाे हाेईन भन्थ्याे । बैरीहरू ऊसकाे खेदाे त खन्थे तर आफ्ना सन्तान कम्युनिष्ट चाहीं नहाेस ,त्यस्तै अनुशासित,मिजासिलाे, रबाफिलाे,अध्ययनशिल र कर्मशिल भइदिएचाहीं हुन्थ्याे भनेर लाेभिन्थ ।” 

नेकपाले स्कुल बिभाग गठन गर्नु र त्यहाँ को पुग्ने जत्तिकै अहम सबाल हो त्यहाँ कुन र कस्तो विषय पढाई हुन्छ ? अर्थात त्याहा निर्धारण हुने पाठ्यसामग्री र पाठ्यक्रम गहन विषय हो । पुस्पलालले उल्था गरेको कम्युनिस्ट पार्टीको घोषणापत्र र मदन भण्डारीले बिकास गरेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग र अभ्यास पढाउन कतै दिपक मनाङे कमरेड पुग्ने हुन कि ? पर्शुराम बस्नेत ? या दिनेश अधिकारी चरीहरुको भूत ब्युझेर नेकपा कार्यकर्ता शिक्षित र दिक्षित बन्ने हुन ?  सबै अधिकार नागरिकलाई भनेर पर्चा छर्ने पुस्पलालको अध्ययन चिन्तन हावी हुने कि सबै अधिकार नेतालाई भन्ने आजको विसंगत राजनीति त्यो स्कुल बिभागले आफ्नो पाठ्यसामग्री बनाउने हो ? महिला दलित , जनजातिको लागि समावेसी सिद्धान्त भन्ने नारा लगाउने अनि प्रयोग गर्दा सामान्य लाजको वस्त्र समेत च्यातेर निर्लज्ज प्रयोगको उदाहरण पेश गर्ने ? नेकपा आवद्ध महिला ,दलित जनजाती विभिन्न क्षेत्र र सिमान्त्कृत बर्गले सोध्ने कि नेकपाले हालै गठन गरेको विभिन्न समिती र पछिल्लो पटक गठन भएको ७७ जिल्ला इन्चार्ज सहइन्चार्ज महानगर कमिटीमा समावेशी अनुहार र कोटा कति छ ? 

नारा नीति र आदर्श मात्रै होइन व्यबहारिक कार्यन्वयन पढाई हुने स्कुल बनाउने कि आदर्श र व्यबहारमा आकास जमिनको अन्तर रहने स्कुलको परिकल्पना साकार पार्ने ? सत्य प्रतिको आस्था, न्यायप्रतिको विश्वास  बचाइ राख्ने स्कुल बिभाग बनाउने कि न्यायको हत्यारा स्कुल जिवन्त बनाउने ? आफ्ना विगतका नीति र निर्णयहरुको क्षति र उपलब्धिको जिम्मेवारी बोक्ने पुस्ता तयार गर्ने कि ? ठेक्का , क्रसर, आदिमा गिद्दे नजर राख्ने युवा दस्ता तयार गर्ने ? जातीय विभेद अन्त्य गर्ने शैक्षिक र व्यवहारिक निति तर्जुमा गर्ने कि जातीय विभेद मागीखाने भाडाे ठगी खाने भाडाेकाे रूपमा कुनै न कुनै तवरले जीवित राख्ने ? जनवाद भनेको सामुहिक र संस्थागत ठगीमा प्रयोग हुने बैधानिक बर्को मात्रै हो कि ? सर्वजन हितायको मुल मन्त्र र सन्देश ?

नेकपाले गठन गर्ने स्कुल बिभागमा कोरा मार्क्सवादी शिक्षा लेनिनवादी संगठनात्मक ढांचा र माओवादी पुरातन सा्स्कृतिक क्रान्तिको पढाई गरिन्छ कि ? नेपालको हावापानी सुहाउँदो कृषि , जल पर्यटन, वन  , उध्योग र पररास्ट्र नितिको व्यवहारिक सैद्धान्तिक ज्ञान सिकाइन्छ ? व्यबहारका लागि सिद्धान्त कि जीवनका लागि सिद्धान्त ? मार्क्सवादी सिद्धान्तका त्रुटि र कमजोरी  ’boutमा पनि समीक्षा गरिन्छ कि मार्क्सवाद अकाटय विज्ञान र सर्वसम्मत राजनीतिक दर्शन भनेर एकोहोरो मार्क्सवादी गुरुकुलिय पद्धति घोकाइन्छ । सर्वश्रेष्ठ दर्सन , विज्ञान र राजनीतिक विचार धारा कम्युनिस्ट पार्टीको मात्रै ठिक भनिन्छ कि अरु सिद्धान्त दर्शन र मान्यताको अस्तित्व स्वीकार गरिन्छ ? साम्यवाद मदिरालयमा छिटो र कम्युनिस्ट घोषणापत्रमा आए बाहेक अन्यत्र कहिँ र कहिल्यै नआएको थाह पाउन २१औ शताब्दीका कम्युनिस्टले ढिलो नगरुन । कम्युनिस्ट स्कुल बिभागले समाजको यथार्थ पढाइदिने राजनीतिशास्त्री र समाजशास्त्री घनश्याम भुसाललाई आफ्नो प्रमुख प्रशिक्षक नियुक्त गरोस कसैको कुभलो हुनेछैन । झुक्कीएर झुक्याएर पनि कमरेड दिपक मनाङे नेकपा स्कुल बिभागको प्रमुख बनेको समाचार लेख्न अभिशप्त नबनोस हाम्रो कलम ।