प्रधानमन्त्रीले आफ्नो कामलाई निरन्तरता दिन सक्ने

काठमाडौं, २० भदौ । सिंगापुरबाट उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति जारी गरेकी छन् ।

उपचारबाट फर्किएपछिको प्रधानमन्त्रीको अवस्थालाई जानकारी गराउँदै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’