सिन्धुपाल्चोकका पाँच सरकारी भवन हस्तान्तरण

सिन्धुपाल्चोक, ३१ भदौ । भुकम्पले सबैभन्दा भन्दा बढी क्षती पुगेको सिन्धुपाल्चोकका पुनर्निर्माण सम्पन्न भएको पाँच वटा सरकारी भवन सम्बन्धीत कार्यालयलाई हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय, चौताराको प्राङ्गणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशिल ज्ञवालीले एक कार्याक्रमका विच सो भवनहरु शुक्रबार हस्तान्तरण गरिएको हो ।
 
जिल्ला आयोजना कार्यान्वायन इकाई (भवन) ले निर्माणको जिम्मा लिएको १६ वटा सरकारी भवन मध्ये पाँचवटाको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएकामा डिभिजन वन कार्यालयको एनेक्स भवन, मालपोत कार्यालयको एनेक्स भवन, कोष तथा लेखा नियन्त्रण कार्यालयको कार्यालय भवन, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको कार्यालय भवन र प्रमुख जिल्ला अधिकारीको आवास भवन रहेका छन् । 

कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशिल ज्ञवालीले जिल्लामा सरकारी भवनका साथै निजी निवास निर्माणमा समेत देखिएको उत्साह देख्न पाँउदा आफु धेरै खुसी भएको् बताए । नवनिर्मीत कार्यालय गर्दा भुकम्पबाट डराउनु नपर्ने गरी निर्माण गरिएकोले भवनबाट सेवा प्रवाह गर्दा ढुक्कका साथ काय गर्न सकिने ज्ञवालीले बताए । 

‘नवनिर्मीत भवनबाट जनताले छिटो र छरीतो रुपमा सेवा पाएमा मात्रै जनताले सो कार्यालयलाई आप्mनै कार्यालयको रुपमा अपनत्व गर्न पाउँछन् ।’ प्रमुख कार्यकारी निर्देशक ज्ञवालीले भने –‘यी भवनहरु जनताको लागि नै निर्माण भएकोले गुणस्तरीय सेवा प्रदान गरेर मात्रै जनतालाई कार्यलयले अपनत्व  बोध गराउन सक्दछ ।’

कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधी सभा १ का साँसद अग्नी प्रसाद सापकोटाले भुकम्पबाट सवैभन्दा बढि क्षती व्यहोरेको सिन्धुपाल्चोकमा विभिन्न राजनितिक उतारचढावका कारण पुनर्निर्माणमा ढिलाइ भएको भन्दै स्थीर राजनिति भएको भए यो भन्दा अगाडी नै पुननिर्माण सम्पन्न भैसक्ने थियो भन्ने विचार व्यक्त गरे । ‘हामी सिन्धुपाल्चोकलाई भुकम्प पर्यटनबाट नै संंवृद्ध बनाउने सोचमा छौं,’ साँसद सापकोटाले भने –‘ त्यसको लागि हामी चौतारामा भुकम्प स्मृती पार्क निर्माण गरीरहेका छौं ।’ पार्क निर्माणको लागि आवश्यक वजेटको लागि आफुले पहल गर्ने साँसद सापकोटाले बचनवद्धता गरे । 

सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का साँसद शेरबहादुर तामाङले भने हामीहरु एक सय वर्ष मात्रै टिक्ने कंक्रीटको आवास निर्माणमा मात्रै केन्द्रीत भएकोमा दुख व्यक्त गर्दै अब भने पाँच वर्ष भन्दा वढी टिक्ने स्टील स्कार्बस् को भवन निर्माण तर्फ केन्द्रीत हुनुपर्ने धारण व्यक्त गरे । 

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का अनुसार जिल्लामा १७ वटा सरकारी भवन मध्ये ६ वटाको निर्माण सम्पन्न भएको र १० वटा निर्माणको चरणमा रहेको छ । जिल्ला हुलाक कार्यालयको भवनको डिपीआर सकिएर टेन्डरको प्रकृयामा जान लागेको छ । भवनले जिम्मा लिएका तीन वटा स्वास्थ्य चौकी मध्ये पाँचपोखरी थाङ्पाल गाँउपालिका, बरुवाको भवन निर्माणको अन्तीम चरणमा पुगेको छ भने चौतारा साँगाचोकगढी नगरापालिकाको सानोसिरुवारी र मेलम्ची नगरपालिकाको बाँसबारीमा स्वास्थ्य संस्था भवन निर्माण कार्य शुरु भएको छ ।