दमदार सक्रियता

सहायक नेताजी यस्तै अर्थ न बर्थका के के सोच्दै झोक्राइरहनु भएको थियो । अचानकसित झस्किनु भयो । झस्किनुपर्ने अवस्था नै थियो । आँखासामुको दृश्य नै यस्तो थियो कि नझस्किकन बस्न नै सकिन्नथ्यो ।

सहायक नेताजी निदाइरहनुभएको थियो । के भयो कुन्नि अचानकसित बिउँझिनु भयो । मानौं सरकार र पार्टीमा सोच्दै नसोचेको भूमिका प्राप्त भए झैं । बिउँझेपछि थाहा भयो , उहाँ त आफ्नो कोठाको गद्दादार पलङ्गमा आरामसँग निदाइ पो रहनुभएको थियो । यद्यपि यो निदाउने बेला भने थिएन । न आराम गर्ने बेला नै थियो । तर के गर्नु ! यतिखेर काम केही छैन, संसदमा पनि काम छैन । गयो, हाजिर ग¥यो र फर्केर सुत्यो । पार्टीमा त झन काम हुने कुरै भएन ।


केही हुने कुरो त छ । केही होला भन्ने पनि छ । अवश्य होला भने हल्ला पनि छ । तर किन हो केही भइरहेको छैन । न केही पो भइरहेको छ कि भित्रभित्र !


एउटा भन्छ – केही त पक्का हुन्छ ।
अर्को भन्छ – हेर्नुस् यो मुलुकमा केही हुनेवाला छैन ।


कसको कुरा पत्याउने , कसलाई नपत्याउने । कसको कुरा सुन्ने, कसको नसुन्ने । उहाँ पर्नुभयो सत्तापक्षीय सहायक नेता । तर सत्ताले दुई चार पत्कर हाल्नु वाहेक अर्थोक केही गरेको छैन । आश्वासन भने फुल मन्त्री नै बनाउने छ । त्यसैले खुलेर सरकारको विरोध पनि गर्न नसक्ने । लुकेर गरिएको विरोधको कुनै अर्थै नहुने । तैपनि आफ्नो असन्तोषलाई कहीँ न कहीँबाट चुहाइरहनु भएको थियो । सरकारसँग लागे पार्टी रिसाउने , पार्टीको पक्ष लिए सरकारले वेवास्ता गर्ने । जम्बो सरकारलाई फेरि सन्ताउनबाट बढाउने कुरो छ , यस्तो बेला सरकारको कसरी विरोध गर्ने ! नग?ँ जम्बोबाट कहिले बढ्ने हो ठेगान छैन ।


मुलुकमा ठूलो समस्या छ । ठूलठूला मुद्धाह? छन् तर कुनै पनि समस्या र मुद्धाले पनि सरकार ढल्ला जस्तो छैन । ढाल्नेह? सबै सरकारमा छन् । भाग नपुगेर ढल्ला कि भन्ने मात्र हो । सरकार नढले पनि यस्तो बेला सरकारलाई मजबुत बनाउन दुई चार जना अ? मन्त्री थपिदिए के बिग्रन्थ्यो ! ब? मन्त्रीह? पो सप्रन्थे कि पदमा पुगेपछि ! यसै जम्बो उसै जम्बो ।


सहायक नेताजीले भूमिकाहीन टाइपको लामो हाई काढ्नुभयो ।


सहायक नेताजी यस्तै अर्थ न बर्थका के के सोच्दै झोक्राइरहनु भएको थियो । अचानकसित झस्किनु भयो । झस्किनुपर्ने अवस्था नै थियो । आँखासामुको दृश्य नै यस्तो थियो कि नझस्किकन बस्न नै सकिन्नथ्यो । उहाँले देख्नुभयो – आफ्नो घरको मूल ढोकाबाट कोही महान व्यक्ति आइरहेको ।
दनदनाएर आउने ती महान ब्यक्ति अ? कोही नभएर आफ्नै पार्टीका प्रमुख नेताजी रहेछन् ।
सहायक नेताजी एकसाथ अचम्म अवाक् र हर्षविभोर हुनुभयो । लाग्यो यो अर्को सपना त होइन !
यो समयसापेक्ष विपनै रहेछ ।


के गर्दैछौ ?, नेताजीले आउनासाथ बडो आत्मीयताका साथ सोध्नुभयो ।
हजुर बस्दै ।, कति मिठो र कानै पवित्र होला जस्तो बोली ! सहायक नेताजी गद्गद् हुनुभयो र दुई चार इन्च उड्नुभयो ।

जसलाई भेट्न दुईचार घेरा र जालो नाध्नुपर्छ , त्यही नेताजीलाई आज आफ्नो निवासमा सशरीर भेट्न पाउनु भनेको अहोभाग्य नै हो भूमिकाहीन सहयाक नेताजीका लागि ।
नेताजीलाई आसनमा बसाएपछि सोध्नुभयो – हजुर के टक्र्याउँ ?
– अहँ, केही पर्दैन ।
नेताजी बस्नुभयो, बसेर चारैतिर आँखा डुलाउनुभयो ।
हजुर चिया कफी या अ? केही मगाउँ ?
– अहँ, पर्दैन । भर्खर चिया खाएर निक्लेको । तिम्रो घर बाटैमा रहेछ, त्यसैले यसो पसेको । के छ हालखबर ?


अगिपछि कहिल्यै बाटो परेन आज परेछ । ओहो कत्रो भाग्य !
हजुर बेश छ, सहायक नेताजी अ? दुईचार इन्च उड्नुभयो ।
– के बेश हुनु ! मन्त्री भयौ ?
हजुर त्यस्तो सौभाग्य प्राप्त भएको छैन ।, उहाँले दुःख र पीडा एकसाथ पोख्नुभयो ।
अनि के बेश भयो त ! कति भो राजनीति गरेको ? तर धन्दा नमान । अब हौलाउ । ब? तिमी कतापट्टि छौ अहिले ?, नेताजीले सोध्नुभयो ।


सहायक नेताजी एकछिन अलमलिनुभयो , अकमकिनुभयो । तत्काल सम्हालिंदै जवाफ दिनुभयो – हजुरकोमा बाहेक अन्त कहाँ हुनु र !
त्यसो भए ठीक छ, नेताजीले भन्नुभयो – तर अब चुपचाप बस्न भएन । चुपचाप बसेर मन्त्री भइँदैन । अलि देखिने गरी सक्रिय हुनुप¥यो । बुझ्यौ, यो सरकारले मुलुक खतम पार्न लाग्यो । यतिबेला तिमीह? नतात्तिए अ? को तात्छ !
हो, हजुर । कुनै निर्देशन हजुरको , सहायक नेताजी कृत्यकृत्य हुनुभयो ।
भइहाल्छ नि, नेताजी हिंड्नलाई उठ्नुभयो ।
– ल आउँदै गर्नु है !, यति भनेर नेताजी फटाफट हिंड्नुभयो । ढोकामा पुगेर जाने बेलामा फेरि भन्नुभयो – अलि दमदार पाराले सक्रिय हुनुप¥यो ।

सहायक नेताजीलाई के ग?ँ के ग?ँ भयो । त्यसपछि उहाँ एकाएक बाहिर कुद्नुभयो । मानौं दिब्यज्ञान प्राप्त भयो । अनि उहाँ दिब्यज्ञानबाट प्रेरित भएर दमदार ?पमा सक्रिय हुन थाल्नुभयो ।
यता केही दिनदेखि सहायक नेताजीको आँखामा निद्रा छैन । जीउमा आराम छैन । उहाँ दिनमा मात्र होइन राति राति पनि सक्रिय हुन थाल्नुभयो ।