मेलम्ची खानेपानीको पाइप सफा गर्ने दुई मजदुरको मृत्यु

मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ०९ः५० बजे काठमाडौंं महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा ज्यान गएको हो ।
आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरु सहोदर दाजुभाइ हुन्।
उनीहरु लामो समयसम्म बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको बताइएको छ ।