मन्त्री योगेश भट्टराईलाई बधाई होईन शुभकामना मात्रै

सामाज रुपान्तरणको अभियानमा  योगेशको योगदानको मुल्यांकन अवश्य ढिला नै भएको हो जे होस कमरेड मनाङे भन्दा अघि नै मन्त्री पद प्राप्त गर्नु उनका लागि र आम नेकपा नेताकार्यकर्ताको लागि गौरवको विषय र प्रतिष्ठाको विषय हो । प्रचण्डको वा जसको सिफारिसमा मन्त्री बनाइएपनि योगेश योग्य नै हुन् । अहिलेलाई योगेश भाग्यमानी पात्र पनि हुन् । सवाल योगेश कमरेडको भाग्यको होईन जनताको भाग्यको हो । जनताको अटुट भरोसाको पनि हो ।

मन्त्री बन्नु आफैमा ठुलो उपलब्धि र इज्जत प्रतिस्ठा आर्जन गर्नु हो । समाजको नजरमा ठुलो मान्छे बन्नु हो । भाग्यमानी कहलाइनु हो । छरछिमेक नातागोता सबैको छाती चौडा हुनु हो । यसर्थ योगेश भट्टराई बधाईका पात्र छन । हाम्रो समाजले बनाएको इज्जतको मानक हो कुनै पनि उच्च पदमा पदासिन हुनु । उच्चासनमा बस्नेको कर्म जस्तोसुकै होस कर्म हेरिन्न सान र मान अनि फुर्ती ढाँचालाई नै सम्मान गरिन्छ मर्यादा दिइन्छ । समाजले दिने इज्जत उसको पद बन्छ । पदासिन भए पछि उसको भुमिका उत्तरदायित्व र कर्तव्य धेरै हुन्छ तर कर्तव्य च्युत नै भए पनि उसको पदको कारण समाज जबर्जस्ती नै सहि सामाजिक मर्यादा पालन गर्छ । उसको पदको गरिमाको प्रसंशा गर्दै ब्यक्तिको पुजा गर्न पुग्छ र आरति धूपदिप गर्न भ्याउछ ।

अहिले सामाजिक संजाल योगेशमय भएको छ । उनको प्रसंशा र गुणगान गर्दै उनीसँगको सेल्फी राखेर बधाई र शुभकामनाको ओइरो लागेको छ । योगेशसंगको फोटाे नभएकोमा खिन्न र आफ्नो पहुँच नभएको हिनताबोध समेत केही र कसैलाई हुने गरि सामाजिक संजाल रंगिएको छ । मानौं मन्त्री हुनु नै महान उपलब्धि , अहिले सम्मकै भव्य प्राप्ति , देश नै योगेश को मन्त्री पदले अनुगृहित भएको छ ।राष्ट्रनै प्रगति मार्ग मा कुदिरहेको छ । आजसम्म कहिल्यै , कसैले नपाएको दुर्लभ अवसरको रूपमा चर्चा परिचर्चा गरिएको छ ।

हाम्रो समाजको मनोवैज्ञानिक पक्ष नै त्यस्तो छ मन्त्री , प्रधानमन्त्री , उच्चपदासिन पदाधिकारीसग सेल्फी खिचेर सार्वजनिक गर्न पाँउदा गर्ववोध गर्ने र अतिरिक्त इज्जत हासिल गरेको भान हुनेगर्दो रहेछ । अरुलाई देखाउन कै लागि मात्रै भए पनि शक्तिशाली ब्यक्तिसंगको फोटाे शेयर गर्ने र आफ्नो पहुँचको पर्दर्शन गर्ने संस्कार विकास हिजोदेखि नै हुँदै आएको छ ।  गुन्डा  ,चोर , बलात्कारी, ठग ,पनि प्रहरी अधिकृत सगको तस्बिर सार्वजनिक गरेर आफ्नो पहुँच प्रहरी प्रशासनसग भएको धक्कु देखाउछ । जोसग पनि सेल्फी खिच्ने परिपाटी र रहरले सत् असत् पात्र र प्रवृति छुट्याउन मुश्किल परेको स्थिति विध्यमानमा ब्याप्त छ । 

सामाज रुपान्तरणको अभियानमा  योगेशको योगदानको मुल्यांकन अवश्य ढिला नै भएको हो जे होस कमरेड मनाङे भन्दा अघि नै मन्त्री पद प्राप्त गर्नु उनका लागि र आम नेकपा नेताकार्यकर्ताको लागि गौरवको विषय र प्रतिस्ठाको विषय हो । प्रचण्डको वा जसको सिफारिसमा मन्त्री बनाइएपनि योगेश योग्य नै हुन् । अहिलेलाई योगेश भाग्यमानी पात्र पनि हुन् । सवाल योगेश कमरेडको भाग्यको होईन जनताको भाग्यको हो । जनताको अटुट भरोसाको पनि हो । योगेश कमरेडको योग्यता र क्षमताप्रति आसा लाग्दो नजर राख्ने र विश्वास गर्ने थुप्रै मान्छेहरु छन जस मध्ये म पनि उनले मौका पाउनुपर्छ भन्ने मान्यता बोक्ने पार्टी इतरको शुभेच्छुक थिए, छु ।

आग्रही नजरले आशालाग्दा पुस्ता र प्रतिनिधिलाई हेर्नू हुँदैन ती जहाँ र जोसुकै हुन जस्तोसुकै विचारधारामा आस्थावान बनुन । तर जति पहिले थियो त्यो विश्वास आस्था र भावना अहिले हल्का धर्मराएको छ कारण डाक्टर गोविन्द के सीको १६ औं अनशन ताका उहाँले जसको पृष्ठपोषण गर्न आफ्नो इमेज दाउमा लाउनु भयो त्यो आम सुभेच्छुकको मर्म माथिको नाङ्गो प्रहार थियो । तपाईंको इमेज धुलो मैलो बनेको कुरामा यहाँलाई पनि आत्मबोध भएकै हुनुपर्छ । माफिया दलाल र मृत्युुका ब्यापारीको पक्षमा लविङ गरेर गोविन्दको नाममा निमुखा नेपाली जनता दिनहीन गरिबलाई  जुन अपमान गर्नु भयो त्यो सबैको स्मृतिमा ताजै छ । काठमाडौंमा घर भएर पनि संसद सदस्यको हैसियतमा पाउने घरभाडा थाहा नपाएको नाममा खुरुखुरु लिनु भयो र चौतर्फी बिरोध र आलोचना पछि फिर्ता गर्नु भयो जसलाई भुल सुधारको रूपमा बुझियो ।

यद्यपि सबै विश्वास र भर अझ पनि मरिसकेको छैन कारण मान्छेले गल्ती गर्न सक्छ, गल्ती नदोहोर्‍याउने शर्तमा तपाईं प्रतिको भरोसा अझै जिवित नै छ ।  त्यसैले मन्त्री बन्नु भएकोमा सफलताको लागि शुभकामना । मन्त्री बन्नु भयो , बनाइनु भयो अब मन्त्री भएर देखाउनुस । मन्त्री योग्य कर्म गर्नुस तब बधाईको कुनै कमि हुनेछैन प्रसंसा गर्न कोही चुक्तैन । छिटेेेै क्षमा दिने र प्रशंसा गर्ने नेपालीको उदारमना छाती छ ।  कटु अनुभव र नमिठाे घात पनि भुल्ने मस्तिष्क छ । यदि त्यस्तो नहुदो हो त ओलीलाई तपाईंले लगाउनु भएको आरोपको हिसाब किताब अहिले नै चुक्ता हुने थिएन । ओलीलाई २०५४ सालमा लगाएको आरोप प्रमाणित गर्नु भएको पनि छैन र आग्रहवस तत्कालीन परिस्थितिमा लगाएको मिथ्या राजनीतिक उदन्डता भनेर सार्वजनिक क्षमा याचना गरेको पनि सुनिएको छैन । अब तपाईंको पहिलो र गुरुत्तर  दायित्व भनेको प्रधानमन्त्री ओलीसंग विगतमा लगाएको लान्छनामा माफी माग्नु पनि हो । भ्रस्टाचार प्रमाणित गर्न सक्नुहुन्न किनकि तपाईं प्रधानमन्त्री ओलीकै निगाहको कारण मन्त्री बन्नु भएको छ । आफुले विगतमा गलत बोलेको भनेर  क्षमा याचना गर्दै कार्यारम्भ गर्नु नैतिक दृष्टिले उचित हुनेछ ।  अनैतिक नै हुनुछ भने जे गरे पनि मतलव भएन तर नैतिकता देखाउन र मुल्य स्थापित गर्न विगतको भूलप्रति प्रायस्चित अनिवार्य हुन्छ ताकि योगेशलाई हेर्ने दुनियाँको नजर सहि होस्।

योगेशलाई बधाई होइन केवल शुभकामना दिने समय हो । बधाई त त्यतिबेला दिइन्छ जतिबेला जनअपेक्षा मुताबिक योगेशको मन्त्रीयोग्य कर्म देख्न पाइन्छ । हाल र बहालवाला अरु मन्त्रीको भन्दा भिन्न र फरक शैली प्रस्तुति देखिन्छ, कामको वा वाही हुन्छ त्यतिबेला योगेश हृदयदेखि नै बधाई थाप्न्न लायक पात्र बन्नेछन । अहिले पनि बहालवाला मन्त्रीहरु खानेपानी मन्त्री बिना मगर, आवास तथा भौतिक योजना मन्त्री रघुवीर महासेठ जस्ताहरुको दांजोमा योगेश आफै त्यसै माथि नै छन यस्ताहरुको भिडमा योगेशको आफ्नो छुट्टै उचाइ छ, अग्लाइ छ । त्यो अग्लाइ चै बधाई योग्य नै छ । मेरो मत र तर्क छ योगेशलाई ज जसले बधाई दिए त्यो कि नजानेर हो, कि चाकरीको लागि कि आत्मसन्तुष्टि र अहमताको प्रदर्शन मात्रै हो । योगेशलाई बधाई दिने बेला विल्कुल यो होइन यो बेला उनलाई शुभकामना दिएर सचेत गराउने बेला हो, गलत मार्गमा जानबाट खबरदारी गर्ने अवसर हो । चाकरी र प्रसंसाको खाचो उनलाई छैन केवल स्वस्थ आलोचना र कमि कमजोरी पहिल्याइदिनु चै सहयोग हो ,समर्थन हो, उनका प्रतिको सच्चा सद्भाव र सदिच्छा हो ।

पदमा पुगे पछि धेरै आशालाग्दा मान्छेहरु बिग्रेको, आदर्श बिहिन भएको, लोभ र लालचमा फसेको थुप्रै उदाहरण र दृस्टान्तहरु छन त्यसैले उनको पर्फमेन्स नहेरी बधाई अनुपयुक्त हो । उनका प्रतिको अन्ध समर्थन र भक्तिभाव हो जुन बौद्धिक र प्राज्ञिकहरुको लागि सुहाउन्न । मन्त्री बन्दा पाउने सामान्य बधाई र औपचारिक बधाइको भोकको लोभ योगेशलाई हुनुहुन्न अहिले बधाई पाउने हैसियत बनेको छैन । समग्र रास्ट्रको तर्फबाट नागरिक अभिनन्दन पाउने दिन देख्ने कार्यको शुभारम्भ गर्नुस ।देशले नै हृदयले उच्चासनमा राखेर बधाई पाउने काम गर्न थुप्रै पापड बेल्न्न बाकी छ । देसको पर्यटन, संस्कृति र नागरिक उडयन मन्त्रालयको कांचुली फेरिनुपर्छ । तब योगेशलाई पद होइन पदले योगेश बारम्बार र घरीघरी खोज्ने दिन आउँछ । उपल्लो स्तरको भुमिका र देशको मुख्य चालक बन्ने परिस्थिति खडा हुन्छ । गतिशिल हुनु र प्रगतिशील हुनु फरक कुरा हो तपाईं गतिशील र प्रगतिशील दुवै बन्नुपर्छ, तपाईंका हरेक प्रगतिशील हुनुपर्छ । अगतिशिल त अरु धेरै र सधैं छदैछन ।

सरकारको स्पीड जनताको स्पृट अनुसार छैन् । मन्त्री मण्डलका केही सदस्य मात्रै पनि प्रभावकारी र कामायावी भए भने अरु जुम्सा र गतिहिन मतिहिनहरुलाई पनि दवाव पुग्थ्यो । मन्त्री भएर पनि मन्त्रीको गरिमा र ओज राख्न नसक्ने बेकामे र बेढंगीहरुको दांजोमा मन्त्रीको रूपमा योगेशको उपस्तिथि अर्थपूर्ण र सान्दर्भिक हुनुपर्छ । नेपाली काङ्ग्रेसका नेता राजनीतिमा अर्का आसालाग्दा नेता गगन थापले दिएको शुभकामनामा भनेका छन “योगेश दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसंग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिकाे आशा र विश्वास संग जाेडिएकाे छ। मुरी मुरी शुभकामना ।” हो गगन थापाले आफ्नो शुभकामनामा भने झैं योगेशको सफलता असफलता नयाँ पुस्ताका राजनीति कर्मीको आसा र विश्वास भरोसा र सपनासंग जोडिएको छ । 

मन्त्री हुनु भट्टराईको सफलता होईन यो केवल जिम्मेवारी पाउनु भएको हो त्यो जिम्मेवारी कुशलता पुर्वक पूरा गर्नु र जनतामा ब्याप्त निराशा चिर्नु चै सफलता हुनजान्छ । जनताको पक्षमा काम गर्छु भनेर मन्त्री पद ग्रहण गर्नु नै बधाईको उपयुक्त र उचित कारण र तर्क हुन सक्तैन । कुनै पनि पदमा पुग्नु र प्राप्त गर्नु नै ब्यक्तिको तदनुकुल योग्यता होइन र हुँदैन । योग्य र योग्यता त्यसको हुन्छ जसले परिवर्तनको आभाष दिन्छ । सेवाग्राहीले चुस्त दुस्त सेवा पाउछन्, बिग्रे भत्केको कुरा बन्न थाल्छ्न, प्रणाली आफ्नो गतिमा चलायमान हुन्छ । कहिँ कतै कसैको विशेष सोर्स, फोर्स बिना प्रशासनहरु निर्वाध रुपमा सेवा प्रवाह गर्न काबिल हुन्छन् । विगतमा भएका भ्रस्टाचार र अनियमितताको उत्खनन हुनेछ । दोषी सजायको भागिदार र कर्मशिल दक्षताले प्रेरणा र पुरस्कार पाउने छन । बिनामोलाहिजा आफ्नो र पराइको भेद नगरेर समान अवसरको सिर्जना गरिन्छ । 

नेपाल बायुसेवा निगमलाई स्वतन्त्र रुपले काम गर्ने वातावरण बनाउने । यो जनताको सम्पत्ति  हो, यसको संरक्षण गरेर उदाहरणीय बनाउने पाइला अभिमुख भएको सिन केहि हप्ता र महिना पछि देख्न पाइयोस बिमानस्थलमा सुरक्षाको विशेष ख्याल राख्ने । किनकि हात्ती छिरेको पनि चाल नपाउने संयन्त्र भनेर हाम्रो बिमानस्थल पहिलेदेखि नै आलोचित छ । नेपाल भित्र आउने र नेपालबाट बाहिर जाने बिमानभित्र अन्तर्राष्ट्रिय भाषा र नेपाली भाषामा सूचना भन्नू पर्ने अन्तर्राष्ट्रिय नियम हो लागू गराउने कायराम्भ गर्न समय कुर्नु जरुरी हुँदैन ।लामो दुरिबाट आएका बिमानलाई होल्डिङ्गमा राख्न बाट रोक्न सकियो भने  दुर्घटना हुने चान्स कम हुन्छ । 

विमान सेवामा केही मानिसको माफियातन्त्र छ । जुन मन्त्री आएपनि उसकै खोकिलामा मन्त्री रहेको बसेको देखिएको छ त्यो बाट वच्ने, सतर्क रहने ।पर्यटन मन्त्रालयमा अहिले सम्म भ्रस्टाचारका अनेक किस्सा र किस्ता छन तिनको स्वतन्त्र छानबिन होस र यथार्थ बाहिर आउनु पर्छ,  जसलाई जनताले स्वागत गरून् । धमिजा, लाउडा चाइना एयर, हाल चर्चित र ठुला ठुला ब्यक्तिको समंलग्नता भनिएको वाइडबडि खरिद घोटालाको अनियमितताको सही अन्वेषण होस । अनाहकमा कोही दोषी करार हुने र कोही उम्कने स्थिति सिर्जना नहोस् । ‘नेपाल भ्रमण वर्ष २०२०’को अपार सफलताको लागि युगिन र उत्कृष्ट योगदान जनअपेक्षा हो । 

निजगढ विमानस्थलको शिघ्र निर्माण सुरु गर्ने, पोखरा र गौतमवुद्ध विमानस्थलका समस्या समाधान गर्ने, पर्वतीय पर्यटन, पदयात्रा सूचना प्रणालीलाई व्यवस्थापन गर्ने, नेपालको उड्ययन क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउने लगायतका अभिभारालाई असल र कुशल नेतृत्व दिनुस । पार्टी विशेषको भरन पोषणमा नलागेर देशको कायापलट गर्ने अभियानको नेतृत्व गरेर जनताको मृत प्राय आशा जगाउनुस । कृपया मन्त्री भएको नाताले मात्रै बधाई दिन सकिन माफी चाहे । एउटा कुरा निर्धक्क भन्छु मेरो बधाई र प्रसंसाले तपाईंको कद बढदैन र मेरो आलोचनाले तपाईंको रौ पनि हल्ल्दैन तर जनताले दिल देखि नै प्रशंसा गर्न मैले उल्लेख गरेका समस्याको हल र परिवर्तनको सुचक देखिनु आवश्यक हुन्छ । मन्त्री बनेर नाथे मन्त्री त होनी भनेर गाली खाने त कति छ्न कति ? त्यसैले बधाई दिन सकिन शुभकामना मात्रै है मन्त्री ज्यू ?