छोरीको रुप धारण गरेर भाग्न खोजेका कैदीको मृत्यु

छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका ब्राजिलका ग्यांग लिडर रियो दे जेनेइरोको उनको सेलभित्र मृत अवस्थामा भेटिएका छन् ।

४२ वर्षे क्लाउभिनो दा सिल्भालाई मंगलबार बिहान मृत अवस्थामा भेटिएको जेल अधिकारीले द गार्डियनलाई जानकारी दिए । उनले आफैंले जीवन अन्त्य गरेको हुनसक्ने आशंका गरिएको छ ।
ब्राजिलको रेड कमान्ड ड्रग फ्याक्सनका सदस्य सिल्भाले लगभग ७३ वर्षको जेल सजायँ काटिरहेका थिए । गत शनिबार उनले सिलिकन मास्क, कालो ब्रा, विग र फिटिङ टिसर्ट लगाएर भाग्ने प्रयास गर्दा उनलाई पक्राउ गरिएको थियो ।