अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’, मैना सुनुवार हत्या काण्डमा भयो यस्तो चलखेल

चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको फेला परेको हो ।
गत वर्ष भदौमा सेनाले दायर गरेको रिट सर्वोच्चमा प्रारम्भिक कारबाहीको अवस्थामा छ । जब कि संविधान र कानुनअनुसार यो दर्ता हुने प्रकृतिको निवेदन होइन ।
तीन फरार सैनिक अधिकारीको प्रतिक्षामा सेना सर्वोच्च अदालतमा पुगेको हो । काभ्रेकी मैना सुनुवार हत्याको अभियोगमा दोषी ठहरिएका तीन जना ‘कसुरदार’ सेनाको प्राड विभागले बचाउ गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।