आलोचना र असफलताले मलाई पोल्छ

एजेन्सी-अभिनेता सिद्धार्थ मल्होत्राले सन् २०१२ मा आएको फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट बलिउडमा डेब्यू गरे । यो फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । तर, केही वर्षयता उनले निकै मुश्किलको सामना गर्नुपरेको छ । उनका एकपछि अर्को फिल्म बक्सअफिसमा असफल भइरहेका छन् । ‘बार बार देखो’, ‘ए जेन्टलम्यान’ र ‘अय्यारी’ बक्सअफिसमा पत्तासाफ भए ।

फिल्मको असफलता’bout सिद्धार्थ भन्छन्, ‘कुनै एक फिल्मबाट कुनै कलाकारको विकासको विश्लेषण गर्नु ठिक होइन । मलाई थाहा छ कि केही यस्ता फिल्म छन्, जसले राम्रो प्रदर्शन गर्न सकेनन् । असफलताबाट म प्रभावित भएकै छैन भन्दिनँ । म यसबाट प्रभावित हुन्छु । तर, म जान्दछु कि योसँग कसरी भिड्नु पर्छ । म एक सकारात्मक दृष्टिकोण राख्दछु ।’

उनी अगाडि भन्छन्, ‘आलोचना र असफलताले मलाई पोल्छ । साथै, यो चिजले हरेक पटक केही नयाँ र अलग गर्न मलाई प्रेरित गर्छ । कहिले काहिँ कुनै चिज तपाईंको हकमा हुन्छ भने कहिले काहिँ हुँदैन । यसको मलतब हो होइन कि तपाईं आफ्नो उत्कृष्ट दिन बन्द गर्नुस् । यो सफरको एक हिस्सा हो ।’ उनको हालै नयाँ फिल्म ‘जबरिया जोडी’ प्रदर्शनमा आएको थियो ।

तर, यो फिल्मले पनि उनको डुब्न लागेको करिअर उकास्न सहयोग गरेन । असफलताले पाठ सिकाउने तर्क राख्दै उनी भन्छन्, ‘हाम्रो देशमा यस्ता कयौं सुपरस्टार छन्, जो अहिले पनि काम गरिरहेका छन् । उनीहरुले पनि मुश्किलको सामना गर्नुपरेको थियो । अहिले मैले गरिरहेको छु ।’ अहिले सामाजिक सञ्जाल सबैभन्दा ठूलो आलोचक बनेको उनको भनाई छ ।