रवि लामिछानेलाई ५ दिन थुनामा राख्न आदेश

आत्महत्या गर्न दुरुत्साहन गर्न उक्साएको आरोपमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने ५ दिन हिरासतमै बस्नुपर्ने भएको छ । स्रोतलाई उद्धृत गर्दै अदालत परिसरमै रहेका रवि कार्यरत न्यूज २४ टेलिभिजनका पत्रकार शरद आचार्यले यस्तो जानकारी दिएका हुन् ।

यद्यपि उनले यो कुरा आफूले स्रोतबाट थाहा पाएको भए पनि पुष्टि हुन बाँकी नै रहेको बताए । अदालतले तीनै जनाको हकमा यो आदेश दिएको हो वा एक जनालाई मात्र भन्ने पनि पुष्टि हुन बाँकी नै छ । आदेशअनुसार ५ दिन बिहीबारबाट लागू हुने बताइपको छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो। शालिकरामले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए ।