नेकपा विवाद मिल्यो : संगठनमा वामदेव, स्कूलमा ईश्वर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महत्वपूर्ण विभागको टुंगो लागेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले संगठन र स्कूल विभाग सहित अन्य महत्वपूर्ण मानिएका विभागमा नेतृत्व चयन गरेको छ ।

नेकपाको संगठन विभागको जिम्मा वामदेव गौतमले पाएका छन् भने निकै चर्चामा रहेको स्कुल विभाग ईश्वर पोखरेलको भागमा परेको छ ।

त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखमा माधव नेपाल र उपप्रमुख राम कार्कीलाई मनोनयन गरिएको छ ।

स्तै, नीति अध्ययन प्रतिष्ठान प्रमुखमा झलनाथ खनाल, प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अर्थ योजना विभाग प्रमुख सुरेन्द्र पाण्डे मनोनित भएका छन् ।

नेतृत्व छनौट गरेसँगै नेकपाले पार्टीको विभाग गठनमा देखिएको विवाद अन्त्य गरेको छ । ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाईएको प्रवक्ता श्रेष्टले बताए ।