कश्मीर:पाकिस्तानले भारतीय सेना मारिदियो, भारतले चौकी उडाइदियो

जम्मु कश्मीरको रजौरीमा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । नौसेरा सेक्टरमा बिहान साढे ६ बजे गोली हानाहान सुरु भएको हो ।
पाकिस्तानी सेनाको फायरिङमा भारतीय सेनाका लान्सनायक ३५ वर्षका सन्दिप थापाको मृत्यु भएको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ । सन्दिप देहरादुनका भएको जनाइएको छ ।
भारतले पनि पाकिस्तानी सेनाको एउटा चौकी उडाइदिएको छ । भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दका अनुसार नौसेरामा अग्रिम चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण भएको थियो । गत ६ जुलाइपछि यहाँ ६ पटक संघर्षविरामको उल्लंघन भएको छ ।