‘एप प्रयोगकर्ताले कहिले यौन सम्पर्क गरे त्यो फेशबुकलाई थाहा हुन्छ’

काठमाडौँ, २५ भदौ । प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध गराइरहेको देखाएको छ ।

सर्वाधिक लोकप्रिय उक्त सामाजिक सञ्जालसँग कस्ता सूचना शेअर गरिन्छ भन्ने विषयमा पीआईले महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरूको अध्ययन गरेको थियो। एप प्रयोग गर्ने महिलाले कस्तो गर्भनिरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले हुन लागेको छ र कस्ता लक्षणहरू देखियो भन्ने विवरण त्यसमा लिइएको हुन्छ। अनुसन्धान थालिएपछि एउटा एपले गोपनीयतासम्बन्धी आफ्ना नीतिहरू परिवर्तन गर्न लागेको बतायो।

महिनावारीका ’boutमा बताउने एपहरूले सामान्य स्वास्थ्यका कुरादेखि यौन, मनस्थितिसम्बन्धी सूचना, प्रयोगकर्ताले के खाने र पिउने गर्छन् अनि कुन स्यानिटरी प्याड प्रयोग गर्छन् भन्नेसम्मका विवरण लिने गरेका छन्।

एप

ती विवरण राखेपछि एपहरूले गर्भधारणका लागि उपयुक्त समय कुन हो र अर्को महिनावारी कहिले हुन्छ भन्ने’bout जानकारी दिन्छन्। सामाजिक सञ्जालको सफ्टवेअर डेभलपमेन्ट किट (एसडीके) मार्फत् फेसबुकमा त्यो शेअर हुन्छ र सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई व्यक्तिमा केन्द्रित विज्ञापनहरू उपलब्ध गराउने विज्ञापनकर्ताबाट पैसा कमाउनका लागि एसडीकेलाई प्रयोग गर्न सक्छन्।

पिरिअड ट्र्याकर, पिरिअड ट्र्याक फ्लो र क्लू पिरिअड ट्र्याकरजस्ता लोकप्रिय एपहरूले चाहिँ फेसबुकसँग डेटा शेअर नगरेको पाइएको पीआईको अनुसन्धानले देखाएको छ। तर प्ल्याकल टेकको माया (गुगल प्लेमा ५० लाख डाउनलोड भएको), मोबएप डेभलप्मन्ट लिमिटेडको एमआईए (१० लाख डाउनलोड भएको) र लिन्चपिन हेल्थको माई पिरिअड ट्र्याकर (१० लाखभन्दा बढी डाउनलोड भएको) एपले चाहिँ डाटा शेअर गर्दारहेछन्।

महिला

पीआईले भनेको छ, “अनुसन्धानका क्रममा हामीले हेरेका एपहरूको व्यापक पहुँचको अर्थ विश्वभरिका लाखौँ प्रयोगकर्ताका स्वास्थ्य वा यौन जीवनसहितका संवेदनशील व्यक्तिगत विवरणहरू उनीहरूको सहमतिबिनै फेसबुक र अरू तेस्रो पक्षसँग शेअर गरिँदैछ।”

अध्ययनको नतिजा देखाइएपछि मायाले तत्काल परिवर्तन ल्याउनेगरी फेसबुकको एसडीके र एनलिटिक्स एसडीकेलाई हटाएको पीआईलाई बतायो। प्रयोगका आफ्ना सर्त र गोपनीयतासम्बन्धी नीतिसँग सहमत प्रयोगकर्ताको हकमा चाहिँ फेसबुक एड एसडीके टूल प्रयोग गरिरहने उसले जनाएको छ।

तर व्यक्तिगत पहिचान हुने वा स्वास्थ्यसम्बन्धी विवरण शेअर नगरिएको उसले उल्लेख गरेको छ। बीसीलाई पठाएको एउटा वक्तव्यमा उसले भनेको छ, “माया एपले राम्ररी काम गरोस् भनेर आवश्यक सबै डेटामा पहुँच कायम गरिएको हो। महिलाको मासिक चक्र’bout अनुमान लगाउने कुरा जटिल हुन्छ र त्यो हजारौँ भेरिएबल्समा निर्भर हुन्छ।”

“मायामा साइन अप गर्नुअघि नै हामीले प्रयोगकर्तालाई प्रयोगका सर्त र गोपनीयतासम्बन्धी नीति’bout अवगत गराउँछौँ। साइन अप गरेपछि हाम्रा प्रयोगकर्ताले आफ्ना डेटा लिन सक्छन् र चाहेको बेला आफ्नो खाता डिलिट गर्न सक्छन्।” लिन्चपिन हेल्थले चाहिँ पीआईलाई कुनै प्रतिक्रिया दिएन र एमआईएले आफ्नो उत्तर नछापियोस् भन्यो।

महिला

फेसबुकले बीबीसीलाई भन्यो, “सेवासम्बन्धी हाम्रो सर्तले डेभलपरहरूलाई स्वास्थ्यसम्बन्धी संवेदनशील सूचना पठाउन रोक लगाएको छ र गरेको थाहा पाउनासाथ त्यसो नगर्न भन्छौँ।”

बीबीसीले दुवै कम्पनीलाई सम्पर्क गरेको थियो। तर यो समाचार प्रकाशित गर्ने बेलासम्म कुनै प्रतिक्रिया प्राप्त भएन। आफ्नो निष्कर्षमा पीआईले भनेको छ, “कानुनी दायित्व परिपालना गर्ने जिम्मेवारी कम्पनीहरूमाथि हुनुपर्छ र सेवा लिने बेला प्रयोगकर्ताले गरेको विश्वासलाई तिनीहरूले कायम राख्नुपर्छ।”

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा टूल सञ्चालनमा ल्याउन लागेको जनाएको छ। त्यो टूलले एप तथा व्यवसायीलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताका डेटा शेअर गर्नबाट रोक्नेछ। बीवीसी