कांग्रेसको प्रश्न, ‘कतिजना मान्छे मरेपछि डेंङ्गुले महामारीको रुप लिन्छ ?’

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंङ्गुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगी संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तत्काल डेंङ्गु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले ‘सरकारले राष्ट्रिय इर्मरजेन्सिको’ रुपमा लिनुपर्ने टिप्पणी गरे । उनले भने  ‘सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’

उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगीको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए । उनले भने ‘के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगीको ’boutमा सदनलाई जानकारी गराओस् ।’

उनले ३ सय ५० रुपैया मात्रै पर्ने डेंगी जाँच किटको निजी अस्पतालहरुले २ हजार ६  सय रुपैयाँसम्म लिने गरेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैया सम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले १ हजारमा गरेनौं भने कारवाही गछौ’ भनेको उल्लेख गर्दै उनले सरकारले डेंगीको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गरे ।

उनले भने ‘वास्तवमा यसको मुल्य ३ सय ५० रुपैयाँ पर्ने रहेछ। ३ सय ५० नै थप्दा पनि ७ सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै १ हजार रुपैयाँको छुट दिन खोजिरहेको छ ।’

उनले डेंगी परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारी’bout सदनलाई जानकारी गराउन माग गरे । साथै उनले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगीको ’boutमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि सभामुखको ध्यानाकर्षण गराए ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगी संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरे । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगी संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। डेंगी संक्रमणले महामारीको रुप लिईसकेको भन्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसंग माग गरे ।

शुक्रराज ट्रपिकल अस्पताल टेकूका डाक्टर र कर्मचारी पनि विरामी भएको तथा मेसिनले उपयुक्त काम नगरेका कारण गत सोमबारदेखि विरामीले चुस्त रुपमा सेवा पाउन नसकेको भन्दै उनले प्रयोगशालाका मेसिनलाई चुस्त दुरुस्त बनाउँदै सहज उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

बैशाखमा धरानमा देखिएको डेंगी संक्रमणबाट राजधानी काठमाडौंमा २ सहित  ६ जनाको मृत्यु भईसकेको छ भने हजारौं संक्रमित भएका छन ्। संक्रमण नियन्त्रण हुनुको सट्टा फैलिदैं गएको छ । सरलपत्रिकाबाट