दुबईमा सवारी दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

काठमाडाैं । युनाइटेड अरब इमिरेट्सको (दुबई)मा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ५ बजे सेक्युरिटी ग्रुपको मिनीबस लरीसग ठोक्किएको थियो । सोही दुर्घटनामा परी एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेकाे नेपाली दूतावासले जनाएको छ ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ । दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरूको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावास स्रोतले बताएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।