गगन थापाले भने– सभामुख महराले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगनथापाले सभामुख कृष्णबहादुर महारामाथि लागेको आरोप’bout बाेलेका छन् । मंगलबार रिर्पोटर्स क्लब प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कारमा बाेल्दै थापाले छानविन हुँदासम्म सभामुख पदबाट अलग हुन आग्रह गरेका छन् । 

उनले सभामुखमाथि लागेको आरोपले सिंगो संसद र सांसदलाई स्तब्ध पारेकाले सभामुख महरामाथिको आरोप’bout अनुसन्धानमा सघाउन सभामुखले पदबाट बारिह बस्नुपर्ने बताए । ‘सभमुखमाथि जे आरोप लागेको छ, त्यो मित्थ्याहोस्, संलग्न नभएको प्रमाणित होस् भन्ने मेरो चाहना छ, तर यस्तो गम्भीर आरोप लागेकाले अनुसन्धानमा सघाउँछु भनेर सभामुख महराले पदबाट अलग हुनुपर्छ ।’

संसदमा सबैभन्दा बढी सरकारको कडा रुपमा आलोचना गर्ने थापाले सभामुखमाथि यौन दुव्र्यहारको आरोप लाग्दा देशकै बेइज्जत भएको बताए । उनले यो आरोपले राजनीति र नैतिकमाथि ठूलो प्रश्न उब्जाएको बताए । ‘आरोपले म स्तब्ध छु, सिंगो संसदलाई स्तब्ध पारेको छ’ नेता थापाले भने –‘आरोप लगोपछि दूधको दूध पानीको पानी छुट्याउनुपर्छ।’ उनले सभामुख महरामाथि पनि आम मानिसलाई जस्तै प्रचलित कानुन अनुसार अनुसन्धानको माग गरे । 

आरोप लगाउने महिलाले आफूलाई समेत फोन आएको बताउँदै हवाईजहाजमा भएकाले कुरा हुन नपाएको बताए । उनले सभामुख जस्तो पदमा रहेको व्यक्तिलाई गम्भीर आरोप लागेकाले यसमा प्रहरी प्रशासनले प्रचलित कानुन अनुसार आम मानिसलाई जस्तै गरी अनुसन्धानको माग गरे ।  

‘यौन हिंसाको आरोप लागेका व्यक्तिलाई जस्तो अनुसन्धान र व्यवहार प्रहरीले गर्छ, त्यसै गरि अनुसन्धान गर्नुपर्छ‘ नेता थापाले भने । उनले पछिल्लो समय प्रहरी प्रशासन पनि सरकारको अपराध लुकाउन संलग्न भएको पाइएकाले त्यो शाखलाई बचाउने बेला आएको बताए । उनले अहिले नै दोषी र पीडित छुट्याउने बेला नभएको बताउँदै प्रहरीले छानविन तथ्य र सत्यमा आधारित रहेर गर्नुपर्ने बताए । ‘को दोषी भनेर फैसला अदालतले गर्छ, यो बेलामा आग्रह राखेर बोल्न ठिक हुन्न’ नेता थापाले भने ‘यदि सभामुखमाथि आरोप लागेको प्रमाणित भए, आरोपित महिलालाई पनि कारवाही हुनुपर्छ ।’

सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतबार राति यौन दुव्यवहार गरेको आरोप लगाएकी छन् । तर, सभामुख महराको सचिवालयले भने महिलाले कर्मचारी समायोजनको रिस साँधेर मिथ्या र कपोकल्पित आरोप लगाएको विज्ञप्ति निकालेको छ ।