प्रतिपक्षी बेन्चमा बस्नु मात्रै प्रतिपक्ष हुनु हैन नि देउवाजी ?

विवाद नै बिबादको बायोडाटा बोकेर देउवा रहेकाले उच्च नैतिक तागत र आत्मबल कांग्रेससँग छैन र सत्ताको सारथी जस्तो मात्रै देखिएको छ । पार्टी भित्र पनि देउवा अनिर्णयको बन्दि बनेका छन् निर्णय गर्छन तर अन्तिम समयतिर अनि विवाद चर्किन्छ । नेबिसंघ जस्तो आफ्नो उर्वर नर्सरीको ब्यबस्थापन गर्न नसक्ने देउवाले कांग्रेसको भविष्य बनाउछन भनेर अझै उनकै पछि मात्रै लाग्ने कांग्रेसजनको मनोविज्ञान पनि गज्जब कै छ । कांग्रेस ब्यबस्थापन नगर्ने देउवालाई अब देश ब्यपस्थान गर्ने जिम्मा जनताले दिन्छन भनेर के आधारमा विश्वास गर्ने ?


संसदमा प्रतिपक्ष छ किनकि ऊ विपक्षी बेन्चमा बस्छ । देशमा प्रतिपक्ष रहे भएको भान छैन किनकि सत्ताको सहयोगी दलको रुपमा उसले आफ्नो परिचय फेरेको छ यसर्थ प्रमुख प्रतिपक्ष दल कांग्रेस छ या छैनको मजधारमा उभिएको छ । बैधानिक रुपमा कांग्रेस प्रमुख प्रतिपक्ष पार्टी हो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको हैसियतमा छन् ।

ब्यबहारत कांग्रेस यतिबेला सत्ता सहयात्रीको सहयोगी दल अर्थात भाइ नेकपा जस्तै, जस्तै छ । आज्ञाकारी भाइ झैँ । विगतमा नेकपा एमालेलाई भाइ कांग्रेस भएको आरोप लाग्थ्यो तर पनि ऊ विपक्षी हुनुको धर्ममा आवश्यकता भन्दा बढि उग्रता प्रदर्शन गर्थ्यो तर पनि भाइ कांग्रेसको आरोपले डामिन्थ्यो ।

प्रचण्डले खुल्ला मन्चबाटै तत्कालिन एमालेलाई कांग्रेससँग विलय हुन भनेका थिए बिडम्बना त्यसो त हुन सकेन तर समय क्रममा प्रचण्ड आफैलाई एमालेमा विलय बन्न कर लाग्यो । अहिले कांग्रेस भाइ नेकपा बनेको आरोप लागेको छ । विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले भविष्यमा नेकपा र कांग्रेस एकै पार्टी बन्नेछन भनेर उदघोष पनि गरि सके । समय कसको वसमा छ र ? भोलि के हुन्छ त्यता बिस्तारै बुझौंला तर आज कांग्रेस अनावश्यक भलाद्मी भएर देस विपक्षी पार्टी बिहिन अवस्थामा गुज्रेको छ ।

सत्ताको मैमत्त निरंकुशता र अहमले सबै आजित र प्रताडित छन् । विपक्षी पार्टी पनि सशक्त र बलियो हुनुपर्ने रहेछ भन्ने खाँचो आज महशुस भएको छ । सत्तापक्षको एकलौटी बहुलठ्ठी हठलाई साइजमा राख्न पनि विपक्षी मुकाबिला गर्ने हैसियतको चाहिन्छ त्यो ल्याकत कांग्रेससँग संख्यमात्मक र गुणात्मक दुवै रहेन । लोकतन्त्रमा विपक्षीको स्थान पनि उच्च र ओज युक्त हुन्छ तर सत्ताको अनुभव भएको कांग्रेस विपक्षी बन्न सकेन/ जानेन या अरु रहस्यमय बाध्यताहरू छन् । सत्ता चलाउन नसकेर बिपक्षी बेन्चको स्थाई बासिन्दा बन्दै गरेको कांग्रेस विपक्षी पनि खरो र भरपर्दो बन्न सकेन । जनताको दुर्भाग्य कांग्रेसलाई विस्थापित गरेर आउने अर्को भरोसायुक्त पार्टी हाल सम्म कोही प्रकट भएको छैन ।

संख्यात्मक उपस्थिति कम्जोर भए पनि नैतिक र सामाजिक दायित्व र विपक्षी जनमतको प्रतिनिधित्व सहित विपक्षी दल आक्रामक बन्नु पर्ने प्रतिरक्षात्मक बन्न पनि सकिरहेको छैन । नेतृत्व गर्ने नेताको नैतिकतामा पनि पार्टीको भाग्य भविष्य र कर्म जोडिएको हुन्छ । कांग्रेसमा अहिले यतिधेरै भाग्यवादमा विश्वास गर्ने र हात भरी औंठी लगाएर ज्योतिषको शरणमा नित्य जाने र आफ्नो भाग्य हेराउने नेता देउवा छन् जसको कारण कांग्रेसको भविष्य जनता ,नेता ,कार्यकर्ता , समर्थक र सुभेच्छूक हुनुपर्नेमा ज्योतिषको भविष्यवाणी र कालीबाबाहरुको जन्तरमन्तर छ त्यसैले कांग्रेसको हविगत खस्कँदो र निरन्तर ह्रासोन्मुख देखिन्छ ।

अब यस्तै रवैया र रमिताले कांग्रेस उकासिएला र सुध्रेला भनेर विश्वास गर्ने आधार छैन । दुई पार्टी सिण्डिकेटको राजनीति भएको कारण कांग्रेस सप्रेन भने नेकपालाई जतिपनि बिग्रने अवस्था रहिरहन्छ । नेकपा बिग्रनु भनेको सत्ताको दुरुपयोग हो जसको शिकार अन्ततः आम नेपाली जनताले हुनुपर्ने छ , भैरहेका छौ । नेपाली राजनीतिको बिडम्बना यही हो अर्को तेश्रो पक्ष बुलन्द र सत्ताको दाबेदार बन्ने स्थिति नबने सम्म आलोपालो कांग्रेस कम्युनिस्टको रजगज चलिरहन्छ । कम्युनिस्टहरु आफ्नो अभ्यन्तरको चाहना राता मान्छेहरुको देश बनाउन चाहन्छन , संसद र देसमा नै वैधानिकता दिने संख्या उनीहरुसंग सुरक्षित छ यस्तोबेला कांग्रेस आफ्नै कलह र बिबादको भुमरीमा फसेको छ । विवाद नै बिबादको बायोडाटा बोकेर देउवा रहेकाले उच्च नैतिक तागत र आत्मबल कांग्रेससँग छैन र सत्ताको सारथी जस्तो मात्रै देखिएको छ । पार्टी भित्र पनि देउवा अनिर्णयको बन्दि बनेका छन् निर्णय गर्छन तर अन्तिम समयतिर अनि विवाद चर्किन्छ । नेबिसंघ जस्तो आफ्नो उर्वर नर्सरीको ब्यबस्थापन गर्न नसक्ने देउवाले कांग्रेसको भविष्य बनाउछन भनेर अझै उनकै पछि मात्रै लाग्ने कांग्रेसजनको मनोविज्ञान पनि गज्जब कै छ ।

कांग्रेस ब्यबस्थापन नगर्ने देउवालाई अब देश ब्यपस्थान गर्ने जिम्मा जनताले दिन्छन भनेर के आधारमा विश्वास गर्ने ? देउवा विगत देखि नै बिबादित र भ्रस्टाचारको नाम लिदा मुछिने पात्र हुन । ठुलो ठूलो जतिपनि भ्रस्टाचारको नाम आउछ त्यंहा देउवाको नाम जोडिएन भने अनर्थ भए झैँ लाग्छ । सत्ता पक्षलाई जतिपनि बेइमानी र लूट मच्चाउन सजिलो छ कारण भ्रस्टाचार , अनियमितता र बेथितिको सिंगो पहाड प्रतिपक्ष छ उसका नेता देउवा जताततै जोडीन्छन कुन सहास र नैतिकताले सत्ताको बिरोध गर्ने आँट प्रदर्शन गर्नु प्रतिपक्षका अरु नेता कार्यकर्ता र संसदहरुले ?

देउवा आफ्नी श्रीमती आरजुको कारण पनि निरिह छन् आरजु त्यस्तो नाम र पर्याय बनेको छ जसलाई महामुखा नारी भनेर सार्वजनिक सम्बोधन तय गरिन्छ । महामुखा हुनुको अर्थ हो उनी सामान्य भोजन र आम मान्छेको खान्की भन्दा धेरै रुचाउछिन र पचाउछिन त्यसैले जे जति काम हुन्छ त्यो आरजु भाउजु मार्फत हुन्छ भनेर कांग्रेसजन भाउजुको तारिफ र निन्दा दुवै गर्छन । आरजु भाउजु भित्र्याउनु अघिका देउवा र अहिलेका देउवामा तुलना नै गर्न नसक्ने भिन्नता भन्छन देउवासंग दुखका दिनमा साथदिने सारथीहरु । भाउजुको लागि देउवा र देउवाको लागि भाउजु सहकाल भए पनि देसको लागि यी दुवै भार र बेथितिका पर्याय भनेर नेपाली समाजमा गलत छविका पात्र र प्रवृति बने ।

देउवा छवि सुधार्न भन्दा एकोहोरो छु भनेर आफ्नै पार्टीलाई धम्क्याउन पनि पछि पर्दैनन् । अहम देखाउन छोड दैनन जसको उदाहरण नेबिसंघ बन्दैछ । प्रधानमन्त्री ओली र देउवाको मित्रता यति गहिरो र अन्योन्याश्रित छ कि पार्टी नै एकै हो कि फरक छ सत्ता कुन विपक्षी कुन बेन्चको आधारमा मात्रै छुट्याउन सकिन्छ । प्रतिपक्ष मौन छ , भद्लामी छ कतिपयले प्रतिपक्ष हराएको र भूमिगत भएको व्यंग पनि देख्न र सुन्न पाइन्छ । प्रतिपक्षले आत्मसमर्पण गरेको हो कि सत्तालाई सघाएको हो ?

विपक्षीले सत्तालाई सहयोग गर्नुपर्छ तर त्यो रचनात्मक , सिर्जनात्मक र नैतिक हुन जरुरि छ तर कांग्रेसले विपक्ष हुनुको नाता र नैतिकताले निभाउनुपर्ने भूमिका र जिम्वेवारी फरक छ । नैतिक मुल्य मान्यता , सिद्दान्त र सहितको विपक्षी भूमिका अहम हुन्छ । विपक्षी हुनुको आफ्नै नैतिक बन्धन , नियम र बाध्यता हुन्छन । आफ्नो महत्ता र भूमिका बिर्सेको कांग्रेस केही थान राजदूत र केही संबैधानिक आयोगको नियुक्तिमा आफ्नो क्रय विक्रय गरिरहेछ । कांग्रेसको भद्रता र सलिनतालाई कम्जोर नसम्झन चेतावनी दिने विश्व प्रकाश र गगनहरु पनि सभामुखमा आफ्नो पार्टीको उमेद्वार बनाउन नसक्ने स्थितिमा बोल्न सकिरहेका छैनन । मुखमा पानी राखेर मौन छन् । मौन नहुन पनि कसरी संसदमा प्रमुख सचेतकले बोल्न दिएनन् भने बोल्ने फोरम गगनहरुको लागि अन्यत्र प्रभावकारी नहुन सक्छ , सभापतिको विरुद्द बोल्दा संसदको माइक सचेतकले नदिने सम्भावना अत्याधिक छ । विश्व प्रकास देउवाद्वारा नियुक्त प्रबक्ता भए कसरी बोलुन ? प्रजातान्त्रिक पद्दतिलाई जिताउन पनि आफू हारेर प्रतिस्पर्धामा उत्रनु पर्ने कांग्रेस आफ्नो प्रजातान्त्रिक निष्ठा कायम राख्न पनि सभामुखको प्रतिस्पर्धामा उत्रनु पर्थ्यो ।

हो संसदभित्रको गणितमा कांग्रेस उम्मेदवार पराजित हुन्थ्यो । तर गणितीय जीतहारको प्रश्न भन्दा बढी पद्दतिको लागि पार्टीको आस्था र विश्वास थियो । न्याय, नागरिक स्वतन्त्रता, संक्रमणकालीन न्यायका सिद्धान्त, फौजदारी न्याय प्रणाली, संसदीय मूल्य र मान्यताको रक्षाका लागि नैतिक जवाफको विधिसम्मत प्रतिवाद हुन्थ्यो त्यो गर्न किन कांग्रेसले चाहेन ? प्रतिपक्ष बेन्चमा बस्नु मात्रै प्रतिपक्ष हुनु हो र ? २०५२ देखि २०६२ सालसम्म सत्ताका लागि मच्चाइएको युद्धरुपी व्यक्तिहत्याको भुमरीमा निरापराध मापिल्सिएका , हजारौ नागरिक आज पनि न्यायका लागि आँशुको खोलो बगाएर प्रतिक्षारत छन । ’emको पिडामा मलम बन्नुपर्नेमा छड्के किनारको साक्षी बन्न अग्रसर छ । आफ्नो प्रधानमन्त्रित्वकालमा महाकालीमा लगाएको गुण एमसीसीमा शेरबहादुर फर्काउन ओलीभक्त बन्दैछन । आखिर यी सबको पछाडि शेरबहादुरको नैतिक धरातल कम्जोर भएर भौतिक रुपमा पनि क्षति बेहोर्नुपरेको आत्मबल र स्वाभिमान सकिएको कांग्रेस हुनुको कारण हो । शेरबहादुरको यही सुस्त मनस्थिति र अझ उनीअर्को कार्यकाल पनि सभापति बन्ने हो भने कांग्रेस सकिएको घोषणा गर्दा अतिरंजना हुदैन ।

कस्तो बिडम्बना सत्ता पक्षका कतिपय नेताहरु चर्को आलोचना गरेर प्रतिपक्षको भूमिकामा छन् तर कांग्रेस सभापति विपक्षी दलका नेता सत्ताको तावेदरिमा आफ्नो भूमिका महत्व र अधिकार’bout दिग्भ्रमित छन । विपक्षी नेताको महत्व बुझ्न र बुझाउन सकेनन् देउवाले । देश बचाउन सत्तासँग मिल्नु विपक्षी र हरेक देशभक्त नागरिकको कर्तव्य र दायित्व हो तर आफू ,आफू वाच्न, अनेकन काण्डबाट उम्कन देउवा र प्रधानमन्त्रीको मिलिभगत देसको हितार्थ नहुन सक्छ सचेत सबै पार्टीहरु, नेताहरु, र जनताहरू बन्नु जरुरि छ । राजलाई प्रजातन्त्र बुझाएको दोष खेपेका शेरबहादुर कम्युनिस्टलाई प्रजातन्त्र बुझाउने मतियार त बन्दै छैनन् कतै ?