प्रधानमन्त्रीको श्री ६ हुने रहरले जन्मोत्सव विवादित ।

देशमा गणतन्त्र छ या राजतन्त्र ? श्री ३ जंग महाराजको हुकुम सौख र रहर जागेर श्री ६ ओली महाराज बन्ने धोको र अभिलाषा भित्रको उदेश्य के हो ? आधुनिक यूगमा सर्वसत्तावाद , महासामन्तवाद सिधै हुकुम , आदेस र  निर्देशमा जन्म हुँदैन तर घुमाउरो र कानुनको जामा पगरी गुथेर आउछ । के अब संविधान संशोधन गर्दै सामन्तवाद कानुनकै लौरो टेकेर आउन लागेको त होइन ? एक ब्यक्तिको लागि संविधान संसोधन हुने कुरा बाहिर आएको छ । व्यक्तिको आवश्यकता रहर र सौख अनि पार्टीको सन्तुलनको खातिर संबिधान च्यात्न पाइन्छ मिल्छ ?

नेकपा आफ्नो पार्टीको आचार संहिता जारी गर्छ र भन्छ तँ , भन्न पाइन्न र हुँदैन तर बहालवाला सुचना संचार तथा प्रबिधिमन्त्री कमरेड सत्तरी करोडको कमिसन डिल गर्दा अश्लील बोलेर कर्मचारीप्रति घृणा व्यक्त गर्छन् । आचार संहितामा भनिएको छ,  ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने उल्लेख छ । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । 

११ बुँदे आचार संहिताको दुई नम्बर बुँदामा भनिएको छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ । बिडम्बना पार्टी अध्यक्ष , देशका प्रधानमन्त्री , कम्युनिस्ट नेता कमरेड ओली आफ्नो जन्म दिनमा हेलिकप्टर चार्टर गरेर केक काटछन र राज्य संयन्त्रको दुरुपयोग गरेर राजसी सानका साथ जन्मदिनमा सामन्त ,महासामन्त ,राजा र महाराजालाई बिर्साउने गरि भव्य बनाउछन । तमासा गर्छन् ।

बिबादास्पद यति होल्डडिङ्सका शेर्पालाई आफ्नो जन्म दिनको ब्यबस्थापन गर्न लगाउछ्न । नेकपा नेता कार्यकर्ताले प्रधानमन्त्रीलाई सोध्नु पर्छ आचार संहिता निरीह नेता र कार्यकर्ताको लागि मात्रै कि ? अरुको लागि पनि ? रैती र नागरिकको भेद किन ? के अरु निर्धन र निरीह कार्यकर्ताको हकमा मात्र आचार संहिता लागु हुन्छ ? कम्युनिस्ट नेताले जन्म दिन मनाउने तरिका यही हो ?


प्रधानमन्त्रीको जन्म गाउँ आठराई गाउँ पालिकामा प्रधानमन्त्रीको जन्मोत्सव मनाउन बिदा दिनुले प्रधानमन्त्रीको जंग महाराज बन्ने इरादा प्रकट भएन र ? राजा महाराजाको झै उर्दी जारी गरेर शिक्षक कर्मचारीलाई ड्रेस कोड जारी गरेर फर्मान गर्नुले प्रधानमन्त्री कुन सिद्धान्त र आदर्शलाई आत्मसात गर्दैछन् भनेर चिन्न अब पनि मुस्किल होला र ? गणतन्त्र ल्याउनुको मक्सद राजाहरुको अनुहार परिवर्तन गर्नु मात्रै पक्कै होइन होला ? कम्युनिस्ट नेता र प्रधानमन्त्री बाट कम्युनिस्ट कार्यकर्ता र स्वयं नेपाली जनताले के सिक्ने ? कुन संस्कार र संस्कृति अनुसरण गर्ने ?

६,७ हजार जनालाई भोजभतेर कलम,ज्याकेट र सारी चोली उपहार अनी हेलिकप्टर चार्टर प्रधानमन्त्रीको निजी सम्पतीले गरेको हो कि हामी नागरिकहरूकै करबाट जम्मा भएको राज्यकोषबाट या प्रायोजक यती ग्रुप अफ कम्पनीले गरेको हो ? जनताको मुख्य चासो यो पनि हो । व्यक्तिको जन्म बिबाह , मृत्यु आफ्नो संस्कार र स्वतन्त्रता हो तर प्रधानमन्त्री व्यक्ति मात्रै होइन संस्था हो जसको हर गतिविधि अनुसरण योग्य हुनुपर्छ नकि घृणायोग्य ? मितव्ययी र फजुल खर्च कटौतीको नारा व्यबहारामा किन आएन ? प्रचण्डले झैं भव्य पुनः बिबाह या प्रधानमन्त्री झै राजसी जन्मोत्सव कुन चाहिँ कम्युनिस्ट सिद्धान्त हो ?

देशमा गणतन्त्र छ या राजतन्त्र ? श्री ३ जंग महाराजको हुकुम सौख र रहर जागेर श्री ६ ओली महाराज बन्ने धोको र अभिलाषा भित्रको उदेश्य के हो ? आधुनिक यूगमा सर्वसत्तावाद , महासामन्तवाद सिधै हुकुम , आदेस र  निर्देशमा जन्म हुँदैन तर घुमाउरो र कानुनको जामा पगरी गुथेर आउछ । के अब संविधान संशोधन गर्दै सामन्तवाद कानुनकै लौरो टेकेर आउन लागेको त होइन ? एक ब्यक्तिको लागि संविधान संसोधन हुने कुरा बाहिर आएको छ । व्यक्तिको आवश्यकता रहर र सौख अनि पार्टीको सन्तुलनको खातिर संबिधान च्यात्न पाइन्छ मिल्छ ?

राष्ट्रिय सभा मार्फत प्रधानमन्त्री बन्ने बामदेव गौतमको खुवावमा कति नेपालीले आशाको उज्यालो पर्खेका छ्न , देखेका छ्न यो विवेच्य विषय होइन र ? जनमत ठुलो कि पाँडे पजनी ? व्यक्तिको स्वार्थको लागि संबिधानको हुर्मत लिएर थाङ्नो बनाउदा सरम भन्ने चिज बाकी हुन्छ होला र ? अब यस्तै हर्कत र तमासा गर्दै रहदा सरम कुन टालोले छोप्ने होला ? सरम छोप्ने टालो कतै छ होला र ? देशको माया बिम्बमा हुन्छ प्रतीकमा हुन्छ तर देशरुपी केक काटेर जन्म दिन मनाउदा चित्त कति दुख्यो जनताको सार्वजनिक प्रतिक्रिया हेर्नुहोला । 

मुलुकी संहिताको दफा १५१ मा पनि राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान राखिएको छ। यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने व्यवस्था छ। के यो संहिताको प्राबधानले देशको नक्सालाई प्रतिबिम्बित गर्दैन र ? आफैलाई गिज्याउने आदर्श आचार संहिता लाटाको धोती हो र ? प्रधानमन्त्रीले आफ्नो जन्म दिनमा युगान्तकारी रचनात्मक सिर्जनात्मक घोषणा या कामलाई प्राथमिकता दिनुपर्ने थियो ।

ड्रिम प्रोजेक्ट र गेम चेन्जर परियोजनालाई साकार पार्ने उदघोशण आवश्यकता थियो । नेपाली जनताको लागी सरप्राइज गिफ्टको रूपमा कुनै अस्पताल सिलन्यास गर्न सकिन्थ्यो तर देस रुपी केक काटेर शुभकामना पाउने दिन आलोचना पाउनु पर्यो । आमाको छातीमा छुरी रोपेको लान्छना आइपुग्यो । गणतन्त्रको मर्म र भावना भन्दा पर रहेर राजा र रैतीको भेदभावपूर्ण व्यबहार , भोज भतेर गणतन्त्रको मितव्ययी सुन्दरता हुन सक्तैन ।

हर दिन हर घडी प्रधानमन्त्री चुक्दै हुनुहुन्छ जुन हामी सबैको दुर्भाग्य हो । यद्यपि देसका प्रधानमन्त्रीको जन्म दिनमा अनन्त र अगणित शुभकामना ! राजा महाराजा होइन जनताको सच्चा प्रतिनिधि बन्ने सौभाग्य मिलोस । देशले श्री पाँच र श्री तीनको सरकार हेर्यो अब श्री छ बन्ने रहर ओलीको हुनुहुदैन । तर सरकार र प्रधानमन्त्रीको ढाँचा काँचा रुप रेखा हेर्दा के पि ओलीमा महाराज बन्ने भूत सबार भएको देखिन्छ ।