पद प्रधानमन्त्रीको प्रेस सल्लहाकार,भूमिका निशानाबाज

जो दण्डका भागीदार हुन् । सुर्यजी लगायत सत्तामा बस्नेहरुले ख्याल गर्नुपर्ने कुरा के हो भने सरकारका कुनैपनि निर्णय, काम, विचार, निर्विवाद, निर्विकल्प र अप्रश्नीय हुदैनन् तसर्थ जबाफ खोज्दा तर्कनु र भाग्नु पर्दैन/हुदैन । प्रतिपक्षी लगायत अन्य आक्रामक भएर प्रश्न गरे भने त्यसको प्रतिवाद सालिन र धैर्यपूर्वक दिनु सत्ता पक्ष हुनुको जिम्वेवारी हो तर आक्रामक र मुक्केबाज झैँ प्रस्तुत हुनु र जेपनि बोल्नु र भन्नु गैरजिम्मेवार हुनुको परिणति हो ।

पूर्वपत्रकार सुर्य थापा अहिले प्रधानमन्त्री खडग ओलीका लाक्षणिक खडग नै भएर निस्केका छन् । पदीय दायित्व प्रधानमन्त्रीको प्रेश सल्लहाकार भए पनि भूमिका खडग बोकेर सरकार इतर र पार्टीभित्रका इतिर खेमा गूटलाई लखेटनु , पेल्नु , प्रहार गर्नु र शव्द वाणद्वारा घायल पार्नु रहेको छ ।

सल्लहाकारको भूमिका समुन्नत सल्लाह दिएर रास्ट्र निर्माणमा प्रधानमन्त्रीलाई अग्रसर गराउनु हो । सबैको सुझबुझ , समझ र बिचारलाई संश्लेषण गरेर प्रधानमन्त्रीलाई बौद्दिक , रचनात्मक र विवेकपूर्ण निर्णय गर्न खुराक दिनु हो ।

प्रधानमन्त्रीको अन्ध भक्त भएर चाकरी बजाउनु र विवेकी खुराक दिनु भिन्न कुरा हो सुर्यले असली चाकरको भूमिकामा आफुलाई प्रस्तुत गरे । बौद्दिकता र विज्ञ सल्लहाकार बन्न सकेनन । राज्यको निमकको ख्याल गरेनन । व्यक्ति रिझाउनु  र जागिरमा टिकिरहनु नै हरेक विषय विज्ञ र सल्लहाकारको नियत रहेकोले देसको राज्य प्रशासन स्वच्छ र निर्भीक स्वतन्त्र हुन सकेन ।

विज्ञ , सल्हाकार राज्यको मानो खाएर व्यक्तिको सेवक र चाकर बने । हाम्रा बौद्दिकहरु तटस्थ र प्राज्ञिक मर्यादाका भएनन त्यसैले बौद्दिकता र प्राज्ञिकता सत्ता , भत्ता र स्वार्थका हिमायती बने । यसर्थ सुर्य थापा जस्ता पात्रहरु  आफ्नो हैसियत बिर्सेर वाकयुद्दको मैदानमा छन् । बिरोधी फरक मत राक्नेलाई निशाना ताकेर बसेका छन् निशानाबाज हुन् । मानौ सरकार उनको मात्रै हो , बपौती र दाइजो हो । सरकारको आलोचना गर्नु , बिरोध गर्नु कमजोरी देखाइदिनु बिपक्षी पार्टी अनि सरकारमा असंलग्न अरुहरुको महाभूल र अपराध हो ।

जो दण्डका भागीदार हुन् । सुर्यजी लगायत सत्तामा बस्नेहरुले ख्याल गर्नुपर्ने कुरा के हो भने सरकारका कुनैपनि निर्णय , काम , विचार, निर्विवाद , निर्विकल्प र अप्रश्नीय हुदैनन् तसर्थ जबाफ खोज्दा तर्कनु र भाग्नु पर्दैन / हुदैन । प्रतिपक्षी लगायत अन्य आक्रामक भएर प्रश्न गरे भने त्यसको प्रतिवाद सालिन र धैर्यपूर्वक दिनु सत्ता पक्ष हुनुको जिम्वेवारी हो तर आक्रामक र मुक्केबाज झैँ प्रस्तुत हुनु र जेपनि बोल्नु र भन्नु गैरजिम्मेवार हुनुको परिणति हो । आरोप लान्छना सबै सत्य नहुन सक्छन तर जिम्वेवारीमा बसेकाहरुप्रति लाग्ने लान्छना र आरोपलाई प्रत्याक्रमण गर्ने तरिकामा गहन कर्तव्यबोध झल्कनुपर्छ ।

नारी सुर्केर सक्ने भए आइज भन्ने शैलीमा देखिनु कम्तिमा सत्ताको लागि सोभनीय होइन । सरकारको कमजोरीमा बोल्ने जो सुकै होस् चाहे त्यो नेकपा कै नेताकार्यकर्ता हुन तिनको जिब्रो थुत्नुपर्छ भन्ने शैलीमा सुर्यको गर्जन देख्दा र सुन्दा प्रधानमन्त्रीको सल्लहाकारको रुपमा हैन कुनै भट्टीमा मातेर हिडेको मान्छे सडकमा बर्बराएको झैँ प्रतीत हुन्छ । सुर्यले आफु जन्मेको समयमा प्रजातन्त्र र पार्टीकोलागि जेल बसेका भीम रावललाई समेत उछितो काढ्न बाँकी राखेनन् । पार्टी भित्र पूर्व माओवादी विरुद्द बकबक गरेको र पार्टी अनुशासन तोडेको आरोपमा नेकपाका युवा नेता पुर्व माओवादीका रामप्रसाद सापकोटा दीपशिखाले पद त्याग गरेर गालीगलौजलाई पेशा बनाउन सुझाएको पनि फाल्गुन महिनामा नै हो ।

बर्दियामा बामदेव हराउन पार्टीको केन्द्रमा बसेर षडयन्त्र गरेको र यिनलाई कार्यबाहीको साटो पुरस्कृत किन भनेर बामदेवले ओली समक्ष नेकपाको स्थाई कमिटिको चौथो बैठकमा राखेको कुरा सबैको स्मृतिमा ताजै छ । विश्व नदेखिने कोरोना भाइरससँग लड्दै छ तर नेकपा भित्रका देखिने र नदेखिने दुवै रुपमा प्रकटहुने भाइरसको उपमा सूर्यलाई दिएको पाइन्छ ।

भीम रावलको कवितालाई लिएर व्यंग गर्ने सुर्यले यतिबेला आफै पनि कविताको सहारा लिएर सरकारको रक्षा कवच बन्दैछन । संकटमा पनि जताततै भ्रस्टाचार, अनियमितता र ढिलासुस्तीको आरोप लागेको बेला सुर्यको बचाउगर्ने तरिका अचम्मको छ उनले भनेका छन्  दुष्टहरु यस्तरी लखेटन लागिपरेका छन् कि गोकुल बाँस्कोटालाई सत्य जस्तै लाग्ने झुट ( डिप फेक )को प्रपन्च रचे र निशाना बनाए ।

यसैगरी अन्य बिबादित मन्त्रीहरु र पछिल्लोपटक बिबादमा आएका स्वस्थ्यमन्त्री भानुभक्त ढकालको बचाउमा आफ्ना शव्द खर्चेका छन् । सबै आरोपीलाई क्लिन चिट दिने अधिकारी र अधिकारिक व्यक्ति उनै हुन । नियामक निकायले बोल्नु पर्ने र गर्नुपर्ने फैसला गर्ने सुर्य थापा को हुन् ? उनलाई यो थाहा हुनुपर्ने हो नेकपा कै नेता कार्यकर्ता किन सरकारको बचाउमा छैनन् ।

किन पटकपटक प्रधानमन्त्री स्वयं र उनको पेट बोली भएर सूर्यलाई मार्टिन निमोलरको कविता ‘’मेरो लागि बोलिदिने कोही छैन । ’’ को सहारा लिएर सबैले पढन पर्ने र मनन गर्न पर्ने उपदेस  दिने बाध्यता आइलाग्यो ? सरकार र मन्त्री बिरुद्दका सबै आरोप कपोलकल्पित नियोजित र जालसाजीपूर्ण मात्रै हो त ? देसको माटोको कसम खाएर सुर्यले भनुन सरकारको सफलता प्रतिशत तीस भन्दा पनि माथि होला र ? सरकार र सरकार सम्बद्द अधिकारीले जनतासँग मुखाले ब्यबहार गर्ने कि तथ्य पस्केर आफ्नो बचावट गर्ने ?

सबै प्रश्नको जबाफ दिने फुर्सद भएका सुर्यले चिनबाट कोरोना बिरुद्द लडन ल्याएका  स्वास्थ्य सामग्री’bout त्यसको आकस्मिक मुल्य र सामान्य मुल्यको बिबेचना ’bout  त्यहाँ भएको अनियमितताको विषय सम्बन्धमा पनि त खण्डन पेश गर्छन होला । सबैजसो पत्र पत्रिकाले सोसियल मिडियाले बिभिन्न कोण र ढंगले उठाएका प्रश्नको जबाफ सायद अल रेडी छ त्यो हो कोरोना भाइरसको कारण मुल्यमा आकस्मिक बृद्दी भएको कारण महँगो परेको हो अनियमितता छैन ।

यति जबाफ र सहज उत्तरमा भ्रस्टाचार नियन्त्रण गर्ने निकाय , बिभिन्न सोधखोज र अनुसन्धान गर्ने अनुसन्धान दाता र पत्रकार सन्तुस्ट बन्लान र ? त्यो आगामी दिनमा हेर्दै जाउला । अरुलाई आफूले टेकेको धर्ति नबिर्सन आग्रह गर्ने सुर्यले कतै आफैले पखेटा हालेकि समीक्षा गरुन । सुर्य थापा लगायत सरकारी अधिकारीको मुखाले रुखो बोलीको खडग रुपी निशाना सामना गर्न हर नेपाली तयार छन् । बस् कोरोनालेले कसैलाई आफ्नो आतिथ्यता प्रदान नगरोस । हामी सबै सुरक्षित बसौ ।