घाम र छाँया

बिजराज पोखरेल

ध्याउन्ना कतिको पार्नमै छ झ्वाम

विकृति र विसंगतिको बढ्दो छ लाम

सायद कालो बादल मडारिएर होला

दिनमा पनि यहाँ मलिन छ घाम ।

अनुहार भरि पोतिएको छ चाया

स्वार्थ बढ्दो छ अनि घट्दो छ माया

सायद बुढो रुख पनि सुकेर होला

चर्को घाममा पनि पाइदैन छाँया ।