राष्ट्रियता देशको मायासँग जोडिन्छ

संबिधानको धारा (३) को ५ (१) अनुसार राष्ट्रको परिभाषा भित्र ‘‘भौगोलिक अखण्डता , राष्ट्रियता, र नेपाली जनता पर्छन ।’’

‘‘राष्ट्र राष्ट्रियता भनेको ढुङ्गो माटो र यहाँको भूगोल मात्र हैन नेपाली सिमा भित्र बसोबास गर्ने जनता पनि हुन ।’’

 बि पी कोइराला

‘‘राष्ट्रियता देशको मायासँग जोडिन्छ , अर्काको बिरोधसँग जोडिन्न  ।’’

प्रा. डा. युवराज संग्रौला

यी तीन प्रतिनिधि भनाइले हाम्रो राष्ट्रियता र राष्ट्रिय भावनाको बिम्ब झल्काउछ ।राष्ट्र नागरिक हो ढुंगा माटो मात्रै होइन । ढुंगामाटो र सिमा बिनाको राष्ट्र अस्तित्वमा रहन्न तसर्थ यी भनाइमा बी पिको राष्ट्रियता सम्बन्धि दृष्टिकोण प्रस्ट छ । भलै बि पी माथि पनि राष्ट्रघात गरेको आरोप छ । कांग्रेस आज पनि राष्ट्रघात गरेको आरोपले डामिएको डामियै छ । मातृकाप्रसाद, बिपी अनि गिरिजाप्रसाद यी तीनैजना कांग्रेस दाजुभाइलाई देश बेचेको आरोपमा आज पनि श्रापित छन ।

राष्ट्रवादी भनिएको कम्युनिस्ट पार्टी हालको नेकापा पनि महाकाली नदी साझा हो पानी आधा आधा हो भनेर महाकाली सम्झौता गर्न साझेदार बनेको कारण देश बेचुवा र राष्ट्रघात गरेको भनेर आलोचित छ । राजनीतिमा लाग्ने आरोप प्रत्यारोप र दोषारोपण बीच राजा महेन्द्रलाई पनि कालापानीमा भारतीय सेना राख्न दिएको मौन समर्थन भनेर निन्दा गरिनेमा पर्छन । यी राजनीतिक विवाद र आरोप आफ्नो ठाउँमा छन् तर देश कसैको स्वीकृतिमा बेचिदैन ।

देश बेचिने कारण र प्रमाण अनि अन्तर्राष्ट्रिय नियम हुन्छ । कुनै शासकले बेच्यो मैले किने भनेर, अतिक्रमण गरेर, नक्शा आफ्नो तर्फबाट एकलौटी राख्दैमा त्यो पुस्टि हुँदैन, प्रमाण पुग्दैन र जनताले त्यो छोड्दैनन । त्यो राजा हुन् या प्रधानमन्त्री जसले बेचेको भने पनि त्यो आरोप हो । देश कुनै पनि सन्धि सम्झौता र युद्दमा जय पराजय बिना सिमा संकुचनमा बिधिबत पर्न सक्दैन । सिमा कायम रहनु, बिध्यमान हुनुमा बिभिन्न घटनाक्रम र दस्ताबेजहरु हुन्छन । सीमामा विवाद हुन सक्छ तर सिमा अतिक्रमण नै सिमा निर्धारणको अन्तिम सत्य बन्दैन ।

सिमा कायम हुनुका एतिहासिक कारण प्रमाण र दस्ताबेज देशहरुले आ आफ्नो निकायमा राखेका हुन्छन । सन्धि सम्झौताका कागजातहरु कुनै पनि देशले हराएछ भने पनि हाम्रो हकमा भारतसँग बिबादित बिषयमा ब्रिटिस सरकारसँग त्यो सुरक्षित रहेको छ । त्यहाँबाट झिक्न खोज्न सकिन्छ । त्यसैले प्रमाणको अभावमै हामी छटपटी पर्दैन । मुख्य कुरा हाम्रो राज्यको उदासिनता विगतदेखि आज सम्म जस्ताको तस्तै रहनु दुखद र राज्यको असफलता हो ।

विगत कयौ वर्ष देखि बन्दै गरेको सडक निर्माण बल्ल आज उद्घाटन गरेपछि बिरोध गर्ने खाँचो देख्छौ ? यही हो देशको माया ? जनता पार्टीको भक्त भएर विभाजित छौ । विवेकले होइन पार्टी लाइनको आधारमा बोल्छौ । राष्ट्रको माया पार्टीको निर्देशन र भक्तिको भावको आधारमा मात्रै आउछ । स्वतस्फुर्त हामीलाई माया लाग्दैन । पार्टीका दास, बिबेक बन्धक राखेर हामीले देशको ममत्व गुमाएका हौ । पहिले देश अनि पार्टी र अरु कुरा भन्ने भाव र ज्ञानको अभावमा हाम्रो राष्ट्र प्रेम अलमलिएको छ गुजुल्टिएको छ । 

समस्या अरुको तर्फबाट मात्रै सिर्जित छैन समस्या हामीमा पनि छ । सामान्य उदाहरण हेरौ । सिमा विवाद जब चर्कन्छ तब देशमा राष्ट्रवादी धार फैलन्छ, फुल्छ । बर्खे च्याउ झैँ राष्ट्रियताको भावना उम्रन्छ । छिचिमिरा पलाए झैँ पलाउछ । चुनाब आउछ नाराहरु घन्कन्छन । हाम्रो मुख्य समस्या यही हो । हामी मौसमी छौ सदाबहार बन्न सकेनौ त्यसैले भारत हाम्रो भूमिमा भारतीय अतिक्रमण जारी रहन्छ । हामी हाम्रो आन्तरिक कारणले पनि समस्यासँग जुध्न सकिरहेका छैनौ । जाँगरिलो छिमेकीले अल्छे संधियारको सिमा मिच्छ भन्ने आम धारणासँग मेल खाने ब्यबहार गर्दैछ भारतले हामीसँग । तर हामी शशक्त प्रतिकार गर्न सकिरहेका छैनौ ।

भारतीय हस्तक्षेप, अतिक्रमण हाम्रा लागि मलिला नारा र चुनावको लागि फसल बनेका छन् । त्यसैले हाम्रो देश निरन्तर चुकिरहेछ । भारतीय हस्तक्षेप निम्त्यारहेछ । हामी आफ्ना कारणले अरुलाई आमन्त्रण गर्छौ, खेल्ने जमिन दिन्छौ एन मौकामा त्यो बापद सहयोग लिन्छौ त्यसैले पनि भारतसँग हाम्रो बार्गेनिङ पावर कम्जोर भएको छ ।

हामी खण्डित भएर, आपसमा लडेर भारतसँग उसको स्वार्थको लागि प्रयोग भएर कसरी आफ्नो स्टयाण्ड कायम गर्न सक्छौ र ? विज्ञहरु भन्छन, सिमा विद र बौद्दिक बर्गहरु बोल्छन हामी बिना तयारी, बिना निचोड बार्तामा बसेर जित्न सक्दैनौ । हामीसँग यथेस्ट प्रमाण छन तर सङ्कल गरेर हामीले बार्ताको टेबुलमा राख्न सकेका छैनौ । हाम्रो परराष्ट्र मन्त्रालय, नापी बिभाग र अन्य सरोकारवाला निकायसँग हुनुपर्ने डकुमेन्ट सुरक्षित छैनन् । यद्दपि ती प्रमाण र दस्ताबेज जुटाउने, सुरक्षित राख्ने काम अझैसम्म हुन सकेको छैन ।

प्राध्यापक डाक्टर युवराज संग्रौलाले भने झैँ राष्ट्रियता आफ्नो देसको मायासँग जोडिएको हुन्छ अर्कोको बिरोधसँग होइन । हाम्रो अभ्यास अर्काको बिरोध गरेर, तीव्र आपत्ति जनाएर देसको माया गरेको भ्रमपूर्ण विश्वास छ जुन नितान्त गलत छ । जसलाई तोड्नु र देशको माया गर्ने तरिका बदल्नु जरुरि छ ।

निकट अतितिको उदाहरण हेरौ भारतले हाम्रो भुमि लिपुलेक सम्म प्रयोग गरेको घटना आजको थिएन तर उसले आफ्नो नक्शामा हाम्रो भुमि राखेर जब २०७६ कार्तिक १६ गते आफ्नो राजनीतिक नक्शा सार्वजनिक गर्यो तब हाम्रो रगत एकाएक फेरि उम्लियो । सारा देश बिरोधमा एक स्वरले करायो बोल्यो, लेख्यो तर त्यो भाव हाम्रो मौसमी राष्ट्रवाद थियो । पार्टीहरुको लागि उपचुनावको माहौल थियो एक से एक राष्ट्रवादी र देश भक्त देखिनु थियो त्यो नारा चुनावभरी लाग्यो । पार्टीहरुले एकले अर्कोलाई आरोपप्रत्यारोप गरे । सरकारले पनि कर्मकाण्ड पुरा गर्यो र बिरोधको नोट पठायो । जब चुनाब सकियो हाम्रो रगत उसै सेलायो । हामी जनताले पनि खबरदारी गर्न छोड्यौ । देश बचाउन जनताको माया, सरकारलाई खबरदारी उत्तिकै चाहिन्छ ।

देशको रक्षा गर्ने जिम्वेवारी नागरिकको पनि हो । भूमिका बिहिन बनेर जनताले राज्यलाई मात्रै दोष दिन मिल्दैन । सरकारको मात्रै देश जोगाउने दायित्व हो भन्नु मुर्खता हो । जनता अर्थात् जनसंख्या भएको कारण देश बनेको हो सरकार चलेको हो । अत माटोको रक्षा गर्ने काम जनताको पनि हो । जति सरकारको भन्छौ ।

पार्टीहरु चुनावी परिणाम पछि भारतले जारी गरेको बिबादित नक्शाको ’boutमा चु सम्म बोलेनन् । सरकारले पनि बिर्सियो । के यो एक पटक चिच्याएर चुप बस्ने बिषय थियो र ? खै जनताको खबरदारी ? खै बौद्दिक र सचेत बर्गको सक्रियता ? नेपालको राष्ट्रियता, सार्बभौम सत्ता र अखण्डताको रक्षा गर्ने दायित्व संविधानको धारा ४८ को (क) मा भएको किन भुल्यो सरकारले ? यसैबाट बुझ्न सकिन्छ हामी संवेदनशील र गम्भीर छैनौ ।

विगत कयौ वर्ष देखि बन्दै गरेको सडक निर्माण बल्ल आज उद्घाटन गरेपछि बिरोध गर्ने खाँचो देख्छौ ? यही हो देशको माया ? जनता पार्टीको भक्त भएर विभाजित छौ । विवेकले होइन पार्टी लाइनको आधारमा बोल्छौ । राष्ट्रको माया पार्टीको निर्देशन र भक्तिको भावको आधारमा मात्रै आउछ । स्वतस्फुर्त हामीलाई माया लाग्दैन । पार्टीका दास, बिबेक बन्धक राखेर हामीले देशको ममत्व गुमाएका हौ । पहिले देश अनि पार्टी र अरु कुरा भन्ने भाव र ज्ञानको अभावमा हाम्रो राष्ट्र प्रेम अलमलिएको छ गुजुल्टिएको छ ।  देश प्रतिको ममता र कर्तव्यको लागि पार्टीहरुलाई खबरदारी गर्न नसक्नु जनताको भुल हो ।

अरुलाई गालीगलौज गरेर मात्र देश भक्ति हुदैन ।देशभक्ति संधै र पलपल हुनुपर्छ कुनै दिन मौसम र साइतमा मात्रै होइन । आफै भित्र गम्भीर समिक्षा गरेर भारतसंग कुटनीतिक कौशल प्रदर्शन गरौ । सरकार जनतासँग सहयोग माग पार्टीहरुको विश्वास लेउ । विज्ञ टिम गठन गर । बार्ता राजनीतिक होइन प्राबिधिक र प्रमाणको आधारमा हो । राजनीतिक लेवलले केवल बिश्वासको बातावरण सिर्जना गर्ने हो प्राबिधिक विषयमा बोल्ने होइन।

लिपुलेकमा भारत द्वारा निर्मित सडक त्रिदेशीय सिमा पनि भएको र चीन भारतको मानसरोवर प्रोजेक्टको सहजताको लागि भएकोले चीनले पनि नेपाली भुमि प्रयोग गर्न भारतलाई नेपालसँग सोधेर मात्रै भन्न सक्छ । अब हाम्रो कुटनीतिक प्रयास चीनलाई पनि शरीर अनुसारको मुटु र दिमागको साइज प्रदर्शन गर भन्ने हो । हाम्रो स्वीकृति बिना त्यो सडक प्रयोग गर्न नसकिने कुरा भारतसँग राख्न हाम्रो कुटनीति परिचालित हुनुपर्छ । भारत र चीनको सामरिक महत्वको स्थल भएकोले सो भुमि भारत पक्कै छोड्न मान्दैन । प्रथमत उसलाई मनाउन हाम्रो प्रमाण र आधार प्रस्तुत गर्नुपर्छ ।

अब भारतसँग संधै झमेला र बादबिबाद गर्नु भन्दा सम्झौतामा जानु उपर्युक्त हुन्छ । यसको लागि कांग्रेस नेता सुजाता कोइरालाको सुझाव पनि विचारणीय छ । हाम्रो सिमा विवाद अन्त्य गर्ने, हाम्रो सार्वभौम अधिकार स्थापित गर्ने, राष्ट्रको अखण्डता र स्वामित्व कायम गर्ने तत् पश्चात सो भुमि हामी नेपालको तर्फबाट लिजमा दिन सकिन्छ । के यो स्थायी विवाद समाधानको सुत्र बन्न सक्दैन र ? छलफल चलाऊ । बहस गरौ । सैद्दान्तिक र ब्यबहारिक उपाय खोजौ । भू उपयोगिता पनि त आयआर्जनको बाटो हो । सुजाता कोइरालाले बोलेकै कारण यो गलत र राष्ट्रघात नसम्झने हो भने देशले लाभ लिने अवसर पनि हो ।