अति भयो !

हन्तकाली हो ! भुँडी फुट्ने गरी हसुर
बनाउ महल, राखी मरमर र सुनकै गजुर
बाहिर देवता, भित्रका त भयानक असुर
विश्वास गर्नु कसोरी ? देखेर कालो कसुर ।

दाउ भने खाने ढुकुटी लुटेर
मोज गर्ने ध्येय गरिब चुसेर
शासनको शैली ढ्याग्रो चुटेर
नाटक चल्छ , कहिले जुटेर त कहिले फुटेर ।

सरकार बनाउ या त बिगार
स्वार्थका लागि लड या त मर
जनताको काँधमा बन्दुक राखेर
अति भयो ! अब त, बन्द गर सिकार ।