सत्ता टिकाउने रक्षाकवच, जन्तर (बुटी) बन्नु हुदैन राष्ट्रवाद ?

बेसार माहात्म्यको लागि प्रशस्त समय निकाल्ने प्रधानमन्त्री गुनासो र सुझाब लिएर जाने पार्टीका केन्द्रीयस्तरका नेतालाई पाँच मिनेट दिन सक्दैनन् भन्ने आरोप छ । बिरोध आयो कि राष्ट्रवादी हुनुको परिणति भनेर पन्छने नीति अख्तियार गरेको देखिन्छ । थाहा छैन कुन दिन सम्म त्यो देशभक्तिको हतियारले प्रधानमन्त्रीको पद रक्षा गर्छ ?

सबै संकट मोचनको एकै उपाय रास्ट्रवादी देखिनु मात्रै होइन । राष्ट्रवाद देशप्रेम, माटोको सुगन्ध एउटा पाटो हो । आफ्नी आमालाई माया र आफ्नो सालनाल गाढेको माटोको माया एक खराब भन्दा खराब व्यक्तिले पनि गर्न सक्छ । आमालाई गाली गर्दा उसको पनि चित्त दुख्छ । संधियारले साँध मिचेमा जाइलाग्न उसले पनि जानेको हुन्छ । अब यसको अर्थ यो होइन कि उसको मातृप्रेम, माटो प्रेमको कदर उसको दण्डनीय कार्यलाई छूट दिएर गर्न सकियोस् ।

वर्तमान प्रधानमन्त्रीको जिकिर, तर्क र बोली करिब करिब यस्तै यस्तै देखिन्छ । नेपालको नक्शामा संक्रिमित भुमि राखेर नक्शा निकालेको र संसदले काँध दिएको अर्थ ओलीको हर कदम माफीको लागि हो ।

देशको माया गर्ने प्रधानमन्त्रीले जे गरे पनि सात खत माफी योग्य हुन्छन । राष्ट्रवादको डालोमा हालेर सबै किसिमको हर्कत ढाकछोप गर्ने प्रधानमन्त्रीको चाल र प्रयास देखिन्छ । आफू माथिका अप्ठेराको प्रतिकार गर्ने अश्त्र विरोधीलाई मुख थुन्ने शास्त्रको रुपमा प्रधानमन्त्रीले आफ्नो राष्ट्रप्रेम भएको देखाउने र बुझाउने गरेका छन।

संकटको बादल मडारिएको बेला पार्टी पंक्ति नै बिरोधमा उत्रेर प्रधानमन्त्री पद छोड्नुस भनेको बेला, सडकमा नयाँ अनुहार र चेतनाले असक्षमता औलाएको बेला र आन्तरिक पार्टी प्रतिपक्ष देखि, अरु विपक्षी पार्टीलाई समेत आफ्नो राष्ट्रवादी छविको कारण आफुलाई हटाउन लागेको भनेर सहानुभूतिको लाभ लिने अनवरत कोशिश छ ।

जुनसुकै असक्षमता ढाक्ने छोप्ने र प्रतिरक्षा गर्ने बर्को राष्ट्रवादी नारा र देश प्रेम भएको छ । जनताले ओलीलाई जसरी पनि समर्थन गर्नुपर्छ किनकी उनी चुनाव जितेर गएका हुन पांच वर्षको लागि निर्वाचित भएका हुन् । सरकार परिबर्तन गर्दा अस्थिरता र बिकास अबरुद्द हुन्छ भन्ने ओली पक्षको झीनो प्रतिरक्षा शैली छ ।

यद्दपि देश मात्रै होइन पार्टीको ठूलो हिस्सा ओलीले अब देश चलाउन सक्तैनन् भन्ने निस्कर्षमा छन् । आन्तरिक प्रतिपक्षको पनि ओली हटाउन एक स्वर छ तर ओली हटेपछि कसरी कसले सरकार बनाउने र को पार्टी चलाउने भन्ने स्पस्ट मार्ग चित्र छैन ।


दोषारोपण गरेर पन्छिने कि भारतीय इशारामा नेपालको सत्ता ढाल्नेलाई कार्यबाही थाल्ने ? आफ्ना पार्टीको संसद्को अवहेलना र मान मर्दन गर्दै हुनुहुन्छ कि भारतको ? आफै पार्टी अध्यक्ष पनि भएका प्रधानमन्त्रीले सत्ता ढाल्ने हैसियत दिएर भारतीय एजेण्टलाई किन पाल्नु भयो ? एजेण्ट तह लगाउने जन्तर बुटी कतै आयात गर्न सकिन्न ?


सबै सम्भावित प्रधानमन्त्रीका उमेद्वार तीन पूर्वप्रधानमन्त्री नै भएकोले जनतामा आसाको संचार जागृत हुने देखिन्न।

प्रचण्ड, माधव नेपाल, झलनाथ बाहेक कुनै अरु अन टेस्टेड पात्र पार्टी र सरकारमा आउने सम्भावना हाललाई छंदै छैन । तसर्थ नयाँको सम्भावना हुदै नभएकोले ओलीको लागि सजिलो र सकारत्मक पक्ष यो भएको छ । तर पनि ओली नराम्रोसँग झस्केका छन र आफुलाई बाह्यशक्ति विशेषत भारत हटाउन लागिपरेको प्रलाप गरिरहेछन । आफ्नै पार्टीका कमरेडहरुलाई भारतीयको गोटी बनेर बिरोध गरेको आफूलाई पदच्युत गर्न बिभिन्न ठाउमा मिटिंग बसेको देखि दुतावास धाएको, दुतावास सक्रिय रहेको अकुटनितिक कुरा बोली रहेछन ।

यदि नेपालको सरकार गिराउन कुनैपनि एम्बेसी लाग्छ भने प्रधानमन्त्रीले रमिते बनेर बस्ने पक्कै होइन होला ? दिल्लीका पत्रिकाले लेखेको ’bout केहि गर्न नासकिएला लेख्नेको पछि लागेर सम्भव पनि हुन्न तर आफ्नो देश भित्रको दुतावासको गतिविधिलाई एक्सनमा जान किन डराउने ? जथाभावी बोलेर स्वदेशमा नै आलोचित प्रधानमन्त्री, कुटनीतिक मर्यादा बाहिर गएर अनेकन कथा र उपकथा बुन्ने सुनाउने र सहानुभूति बटुल्ने शिलशिला चलाई रहेछन ।

पार्टीको स्थाई कमिटिको मिटिंगमा बस्न स्वास्थ्य अबरोध मान्ने, समयको अभाव र कार्यव्यस्तता देखाउने, प्रधानमन्त्री स्वर्गीय मदन भण्डारीको ६९ औ जयन्तीमा डेढ घण्टा धाराप्रवाह बोल्ने तागत देखाउछन । पार्टीको मुख्य फोरमबाट भाग्ने छलिने तर अन्यत्र बोल्न स्वास्थ्य बाधा नबन्ने देखि समय मिलाउन सक्ने प्रधानमन्त्रीको शैली गज्जब छ ।

बेसार माहात्म्यको लागि प्रशस्त समय निकाल्ने प्रधानमन्त्री गुनासो र सुझाब लिएर जाने पार्टीका केन्द्रीयस्तरका नेतालाई पाँच मिनेट दिन सक्दैनन् भन्ने आरोप छ । बिरोध आयो कि राष्ट्रवादी हुनुको परिणति भनेर पन्छने नीति अख्तियार गरेको देखिन्छ । थाहा छैन कुन दिन सम्म त्यो देशभक्तिको हतियारले प्रधानमन्त्रीको पद रक्षा गर्छ ?

नेपालको संसदले सरकार बनाएको हो । सरकार बनाउने पार्टीसंग करिबन दुई तिहाईको संख्यामा सांसदहरु छन भने विपक्षीसँग सरकार गिराउने ह्याउ र हैसियत दुवै छैन । सबै विपक्षीको १०१ मत छ भने नेकपा अर्थात ओलीको पार्टीको १७४ जना प्रतिनिधि सभामा सांसद छन ।

जम्मा सांसद संख्या २७५ सत्तासिनको १७४ अब प्रधानमन्त्रीलाई पदच्युत गर्न चै भारत लागिपरेको कुरा सुन्नु पर्दा को विस्मित र चकित नहोला ?  कस्तो हास्यास्पद र अनर्थको तर्क ? सरकार जसले बनाएको ढाल्ने पनि उसैले हो ।नेपालको संसदले हो नकि कि भारतको इशारा र रिमोट कन्ट्रोलले ? प्रश्न मात्रै छैन यँहा उत्तर पनि सँगै छ ।

प्रतिनिधि सभामा २७५ जना नेपाली जनताले चुनेर निर्वाचित हुन्छन प्रतिनिधि सभाले प्रधानमन्त्री चुन्छ । प्रधानमन्त्री भन्नुहुन्छ भारतले सत्ता ढाल्न खोज्दैछ । संसदमा भारतीय प्रतिनिधि छैनन यदि छन र तिनकै कारण प्रधानमन्त्री डेन्जर जोनमा गएका हुन् भने ती प्रधानमन्त्रीकै आफ्ना पार्टीका नेता र कार्यकर्ता संसद हुन् ।

आफ्नो दुई तिहाईको सत्ता ढाल्ने गरि आफ्नो पार्टीमा संसद राख्ने प्रधानमन्त्रीको नैतिकता खोइ ? दोषारोपण गरेर पन्छिने कि भारतीय इशारामा नेपालको सत्ता ढाल्नेलाई कार्यबाही थाल्ने ? आफ्ना पार्टीको संसद्को अवहेलना र मान मर्दन गर्दै हुनुहुन्छ कि भारतको ? आफै पार्टी अध्यक्ष पनि भएका प्रधानमन्त्रीले सत्ता ढाल्ने हैसियत दिएर भारतीय एजेण्टलाई किन पाल्नु भयो ? एजेण्ट तह लगाउने जन्तर बुटी कतै आयात गर्न सकिन्न ? हाम्रो लागि जनै बनाएर पठाई दिने चीनले सत्ता रक्षा कवचको बुटी प्रधानमन्त्रीको गलामा झुन्ड्याई दिए कति जाती हुन्थ्यो ।

माधवकुमार नेपाल द्वारा वितरित जन्तरले नेताहरुको गाथामा कोरोना लाग्न दिएन भने प्रधानमन्त्रीले झिकाउने जन्तरले सत्ताच्युत हुनबाट बचाउछ कि ? अर्को पनि निशुल्क सल्लाह छ एउटा यस्तो पावरदार चस्मा पनि झिकाउनुस जसले विकास, समृदि प्रगति र खुशी मात्रै देखोस जुन चस्मा प्रधानमन्त्री लगायत मन्त्रीहरु र आफुलाई विश्वास गर्ने संसद र नेताहरुको आँखाको लागि होस् ।

जनता हाँसेको र सरकार जिन्दाबाद भनेको देखियोस, सुनियोस । अन्यथा अब फोहोरको डुंगुर र समस्याको चांगबाट ओलीको नेतृत्वले देशलाई निकास दिन सक्दैन । मृत्यको आत्मबोध गरिसकेका प्रधानमन्त्रीले सत्ताको लोभ र अन्य आकांक्षा त्याग्नुमै मुलुक र प्रधानमन्त्री दुवैको भलोमा छ ।

भगवान कृष्ण वाणी भनेर पढ्न पाइन्छ । “यस लोकमा ज्ञान जस्तो पवित्र अरु केही छैन ।’’ ज्ञान ग्रहण गर्ने कि प्रधानमन्त्रीजी ? राष्ट्रवाद संधै संजीवनी बुटी र सत्ताको रक्षा कवच बन्ला र ? राष्ट्रवादको डालोमा घोलेर सबै अकर्मण्यता छोप्ने दाउ गलत हो ।

आफ्नो संकट टार्न आफ्नै पार्टी र संसद्को अपमान गर्ने निम्न स्तरको बोलि बोल्ने छुट प्रधानमन्त्रीलाई कसरी प्राप्त भयो ? किन नेकपाका संसदहरु सोध्न सक्दैनन हाम्रो विवेक, निर्णय र संवैधानिकतामा प्रश्न उठाइयो ? हामी १७४ सांसद मध्य को हौ इन्डियन भरिया र इन्डियन स्वार्थको गोटी ? किन चुप छन नेकपाका संसद र नेताहरु ? प्रधानमन्त्रीले प्रमाणित गरेर देखाउनु पर्छ । नेपाली सत्ता ढाल्न खोज्ने दलाल र गोटी को हुन् ?