सलह र कलह
सलह आयो
कलह पनि आयो
सलह र कलह
लगभग संगसंगै आयो ।
सलह आयो
सात समुन्द पारबाट
कलह पलायो
स्वदेशकै माटोबाट ।
दुबै निम्ता नदिइकन
जबरजस्ति आए
छेक्न खोज्दा पनि
निरन्तर अगाडि बढ्न भियाए ।
सलह उड्दै घुम्न रुचायो
कलह बालुवाटा र धुम्बारहीमै रमायो
त्रासले भरिएको धुन बजायो
गाँउदेखि सहरसम्म सबैलाई सतायो ।
एउटा सवत्र्र चहार्दै
गर्छ बालीनाली नष्ट
अर्कोे सत्ताकै सेरोफेरोबाट
दिन्छ आफ्नै नागरिकलाई कष्ट
समय धेरै घर्किएको पनि छैन
सलह उड्दाउड्दै थलियो
कलह भने नचाहँदानचाहँदै पनि
झन् डरलाग्दो पाराले चुलियो ।