संस्कार

-बिजयराज पोखरेल

क्रान्ति गर्न सिकाइयो, सत्कर्म गर्न सिकाइएन
लडाकु बन्न सिकाइयो, कर्तब्य गर्न सिकाइएन
सिंगापुरदेखि स्विजरलयाण्डसम्मको गफ चलिरहँदा
सपना अनेक देखाइयो, साकार पार्न सिकाइएन ।

घोकन्ते विद्या सिकाइयो, उद्यमी बन्न सिकाइएन
गफ चुट्न सिकाइयो, कर्मवीर हुन सिकाइएन
खेतबारी बाँझै छाडी ऋणको भार बोकेर
बिदेश जान सिकाइयो, स्वदेशमा रम्न सिकाइएन ।

अरिंगाल बनि शत्तिहिनमाथि जाइलाग्न सिकाइयो
जुका बनि सोझासाझाको रगत चुस्न सिकाइयो
बिपि र पुष्पलालले सिकाएको संस्कार लत्याई
डन बनि राज्यको स्रोतसाधन लुट्न सिकाइयो ।

कर्मशिल मौरीले जस्तै उत्पादन गर्न सिकाइएन
कर्मठ कमिलाले जस्तै संगठन गर्न सिकाइएन
माक्र्स, लेनिन र माओका सिद्धान्त घोकाइयो
तर, तोप चाराले जस्तै निर्माण गर्न सिकाइएन ।