ब्यथा
कोरोनाले उधुमै मचायो
दिनरात सबैलाई सतायो ।
उद्योगधन्दा सर्वत्र हल्लियो
बन्दबेपार सबैको थलियो ।
घरमै बास छ रोजगार गुमेर
भोको पेटमा पटुका कसेर ।
दुख पोख्न खै कता जानु
आज टर्ला भोली के खानु ।
हिड्या छन रे राहत बाँडेर
गरिबले पाँउदैनन मागेर ।
कसैका त भाषण नै गुलियो
मोटाघाटा देखिन्छन् बलियो
भ्रष्टाचार सर्बत्र चुलियो
रोगभन्दा भोकले गलियो ।
बस्नु कति सिंहदरवार हेरेर
जोबन बित्यो आश्वासन कुरेर ।
खाने भए गरिबी बेचेर
टार्ने भए सपना बाँडेर ।
बाँच्नु पर्ने छातिमा ब्यथा बोकेर
दुख्छ चित्त बेतिथि सर्बत्र देखेर ।
मनमा रहे अधुँरा रहर
कोरोनाले झन् थप्यो कहर ।
दुखमाथि दुख सँधै थपियो
लाग्छ अब यो ज्यान सकियो ।