कुत्कुत्याउने विषय

चोकको बीचैमा सानो पराले टहरो छ । धानचामल कुट्नको लागि चोकको बीचमा बनाइएको त्यस टहरोबाट सुकुचाकी जहान डालो बोकेर निस्की । ऊ डालो बोकेर घरतर्फ मोड्न थालेकी मात्र थिई उसले चोकको कुनामा केही महिलाहरु गफ्फिरहेको देखेपछि फनक्क फर्केर त्यतै लागी ।

ओहो तिमीले निकै बेर लगाएर ढिकी कुटिरही , बिकुमायाले सुकुचाकी जहानलाई हेरेर भनी ।

अलि अलि मात्र हो, के भो के भो हिजोदेखि जीउ दुःखेर काम गर्नै गाहारो भो, उसले डालो त्यहीँ बिसाई र एकछिन सुस्ताउन नानीथकू तजूसितै बसी ।

हिजो लोग्नेसँग ठाकठुक पो भयो कि ?, संगै घर जोडिएकी बिकुमायाले कोट्याएर सोधी । सुकुचाकी जहान आफ्नो लोग्नेसित प्रायः कुनै न कुनै कुरामा कराइरहेकी हुन्छे ।

के गर्ने बिकुमाया अता, लोग्ने मोरो जे भने पनि उल्टो उल्टो काम गर्ने एउटा काम ढंग पु¥याएर गर्दैन म त हैरान भइसकें ।, उसले आफ्नो दुःखेसो पोखी ।

यसैबेला चोकमा छ्याकचा पस्यो ।

उसलाई देखेपछि सुकुचाकी जहानले नै कुरा सुरु गरी – क्या हो छ्याकचा । तिमी त बिहे पनि नगर्ने भनेर बस्यौ रे हो ?

बिहेको कुरा सुन्नासाथ छ्याकचाको मुहारमा एकप्रकारको उज्यालो फैलियो तर लगत्तै बिहे नगर्ने भन्ने कुराले उसलाई झनक्क रिस उठ्यो – कसले भन्यो बिहे नगर्ने भनेर । पाए पो गर्नु ।

उसले आफ्नो बाउलाई एकचोटि गाली ग¥यो ।

चोकमा घाम ताप्दै घरधन्दा गरिरहेकी महिलाहरुमध्ये कोही छ्याकचाको गालीले खित्का छोडेर हाँसी भने कोही सारीको सप्कोले मुख छोप्दै मुस्कराई । एकछिन सबैले छ्याकचाको चालढाललाई हेरी ।

बाउलाई पनि त्यसरी गाली गर्नहुन्छ ?, नानीथकु तजूले सम्झाउने पाराले भनी ।

किन हुन्न ? बाउ हो र तयो मेरो शत्रु हो । मेरो बिहे रोक्ने त्यही त होे ।

किन के भो त्यस्तो , तैंले त बाउलाई नै शत्रु भनिस् । जे भए नि बाउ हो त्यसो भन्न हुँदैन ।
हो मलाई पनि थाहा छ बाउ हो त्यसो भन्न हुन्न ।

अनि किन त ?

हेर तजू, मैले बाउलाई कति भनिसकें तर बाउले मानेकै होइन । गहना धेरै माग्नेसंग तँलाई बिहे गरिदिन सक्दिनँ पो भन्छ । मलाई मनपर्ने केटी भएपछि दुई तोला सुन दिन के गाहारो भयो र होइन तजू ?

तेरो बाउसित पैसा छैन होला नि ।

पैसा नभए अलिकति जग्गा बेचे पनि हुन्छ नि, त्यतिका जग्गा छँदैछ ।, उसले जवाफ दियो ।
बिहे गर्छौ त ?, बिकुमाया तजूले भनी ।

गर्ने ?, छ्याकचा हाँस्यो ।

तँ छ्याकेसित को आउला ? तेरो अनुहार नै त्यस्तो छ । अलि मुखसुख राम्ररी धुने ग¥या छौ कि छैनौ हँ, सुकुचाकी जहानले मर्का पर्नेगरी ठट्टा गरी ।

चोकमा भएका अरु पनि हाँसे । यो हाँसोले छ्याकचाको मनमा चोट प¥यो तर उसले त्यसलाई नराम्रो मानेन । बिहेको कुरा मात्रले पनि उसलाई यतिखेरको वातावरण रमाइलो र कुत्कुत्याउने खालको मीठो अनुभूति भयो ।