टीकाटिप्पणी

मध्यान्हको समय । कलेज परिसरको क्यान्टिनमा केही प्राध्यापकहरु चिया खाँदै गफिंदै थिए । सरकारको शिक्षा नीति, राजनीतिमा आएको विचलन, नेताहरुमा दृष्टिकोणको अभाव, संविधान निर्माणमा भएका कमीकमजोरी तथा व्यक्तिगत सरोकारका कुरा गफको विषय बन्दै थियो ।

                कुराकै सिलसिलामा एउटाले भन्यो – प्रा. हर्षलाललाई डीन बनाएर योग्य पात्रको चयन चाहिं भएको हो, है  । उनले गरेको शोध र खोज अत्यन्त महत्वपूर्ण छ । उनीबाट देशले शिक्षामा धेरै अपेक्षा गर्न सकिन्छ ।

                अरु एक दुइ जनाले पनि उहाँका थप विशेषताका ’boutमा सकारात्मक टिप्पणी गरे ।

                यस्तैमा एकजनाले उनको ’boutमा नकारात्मक कुरा सुनायो । घरमा छोरासँग मेल नभएको, पारिवारिक अवस्था ठीक नभएको, घरमा आएका पाहुनालाई चिया समेत नख्वाउने अरुलाई मान्छे नै नगन्ने आदिइत्यादि । अरु एकदुई जनाले पनि त्यसमा उनका व्यक्तिगत कमजोरी थपे । स्वार्थी, घमण्डी, असहयोगी आदि ।

                साँझ प्रा. हर्षलाललाई उसका केही शुभचिन्तकले दिउँसो भएका कुराकानी सुनाए । ती शुभचिन्तकले उनका ’boutमा भएका जति पनि नकारात्मक टिप्पणी भने नछुटाईकन सुनाए तर उनका ’boutमा भएका राम्रो र सकारात्मक टिप्पणी भने बिर्सेर हो कि वा आवश्यक नलागेर हो, सुनाउन छुटाए ।